Comments Add Comment

अन्ततः सुशान्तसँग रोमान्स गर्न तयार सारा


नायक सैफअली खान र कलाकार अमृता सिंहकी छोरी साराअली खानको बलिउड डेब्यूलाई लिएर मिडियामा निकै ठूलो चर्चा भैरहेको छ ।
साराले निर्माता करण जोहरले निर्माण गर्ने चलचित्र ‘स्टूडेन्ट अफ द इयर २’बाट बलिउडमा डेब्यू गर्ने पक्का जस्तै भएको थियो । तर, अन्तिममा साराको डेब्यू रोकियो ।

यसपछि, उनले सलमान खानको प्रोडक्शनमा बन्न लागेको एक चलचित्रमा काम गर्ने चर्चा भयो । तर, त्यो चर्चा पनि सेलायो । अब भने साराले बलिउडमा डेब्यू गर्ने पक्का भएको छ । उनी, नायक सुशान्त सिंह राजपुतसँग चलचित्र ‘केदारनाथ’मा काम गर्दैछिन् ।

यो चलचित्रलाई अभिषेक कपुरले निर्देशन गर्न लागेका छन् । सारा, सुशान्त र अभिषेक केही समय अगाडि एउटा रेष्टुरेन्टमा देखिएका थिए । सो समयमा साराकी आमा अमृता पनि साथमा थिइन् । अमृता अहिले साराको सबै निर्णय गर्छिन् । भारतीय मिडियाका अनुसार चलचित्रमा सुशान्त र सारा प्रेमी-प्रेमिकाको भूमिकामा देखिदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment