Comments Add Comment

विप्लवका दुई कार्यकर्ता विष्फोटक पदार्थसहित पक्राउ

२५ जेठ, रौतहट । विप्लव समूहका कार्यकर्तालाई विष्फोटक पदार्थसहित प्रहरीले रौतहटको चन्द्रनिगाहपुरबाट पक्राउ गरेको छ ।

विप्लवका दुई कार्यकर्ताहरु ३० थान डेटोनेटर, २२ थान जिलेटिन र ४ थान फ्युजसहित चन्द्रनिगाहपुरवाट पक्राउ परेको प्रहरीले जनाएको छ ।

स्थानीय तहको निर्वाचनमा सहभागी नभएको बिप्लव समुहले पहिलो चरणको स्थानीय तह निर्वाचन बिथोल्न विभिन्न प्रयास गरिरहेको छ ।

दोस्रो चरणको निर्वाचन बिथोल्ने प्रयासमा रहेको विप्लव समूहलाई प्रहरीले निगरानीमा राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment