Comments Add Comment

साढे दुई करोड मूल्य बराबरको अफिमसहित तीन युवती पक्राउ

२४ जेठ, रुपन्देही । जिल्लाको भैरहवा (बेलहिया) नाकाबाट लागूऔषध अफिमसहित ३ जना युवती पक्राउ परेका छन् ।

रुकमकी २७ वर्षीया विशमाया बुढामगर, दाङ जिल्ला लालमटिया ७ की २१ वर्षीया सकुन्तला बुढामगर र दाङकै लालमटिया ८ की १९ वर्षीया कामनापुन मगर रहेका छन् ।
पक्राउ परेका सकुन्तला र कामना नातामा दिदी बहिनी हुन् । सिमा पार गर्ने अवस्थामा शंका लागेर चेकजाँच गर्दा उनीहरुलाई १५ किलो अफिमसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलहियाका प्रमुख एवं प्रहरी निरीक्षक रविन विष्टले बताए ।

उनका अनुसार, पक्राउ परेका युवतीहरुले शरीरका विभिन्न भागमा लुकाएर लागूऔषध अफिम बाँधेर लैजान लागेका थिए । बरामद अफिम आधा÷आधा किलोको ३० वटा प्याकेट छ ।

उनीहरुले अफिम बुटवलको एक होटलको कोठाबाट लिएर सिमावर्ती भारतीय बजार सुनौली लैजान लागेको प्रहरीलाई बयान दिएका छन् । सिमापारी सुनौली पुरएबापत प्रत्येक युवतीले ५–५ हजारका दरले रकम पाउने बताएका छन् ।

उनीहरुले अपरिचित व्यक्तिको फोनको निर्देशनमा आफूहरु दाङबाट बुटवल आएका र बुटवलको होटलको कोठाबाट अफिम लिएर सुनौली लैजान थालेको दावी गरेका छन् ।

बरामद अफिमको बजार मुल्य २ करोड ५० लाख रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment