Comments Add Comment

भिक्षुले गरे सडक कुकुरको उपचार र उद्धार

सेतो गुम्बाका भिक्षु/भिक्षुणीहरुले कुकुरको उपचार र उद्धार गरेका छन् ।

सेतो गुम्बा र योङ ढ्रक्पा एसोसिएसन, नेपालको संयुक्त आयोजनामा शुक्रबार स्वयम्भू सितापाइला, आद्धेश्वर, गैरीगाँउ र ठूलो भर्याङ क्षेत्रमा २१२ सडक कुकुरको उपचार र उद्धार गरिएको हो ।

लिभ टु लभ इन्टरनेशनल र परम पावन धर्म गुरु ग्यालवाङ ढ्रुक्पा रिन्पोचेको सहयोगमा कुकुरहरुलाई रेविजको सुई, लुतोको औषधि लगाइएको थियो ।
यस क्षेत्रमा सडक कुकुरको भविष्यमा अरु संख्या नबढोस् भनेर स्थायी बन्धकरणसमेत गरिएको छ ।

सडक कुकुरहरुका कारण हिँड्ने बटुवा असुरक्षित र वातावरण अशान्त भएपछि भिक्षुहरुले यस्तो अभियान चलाएको बताएका छन् । आगामी दिनमा पनि सडक कुकुरको उपचार र उद्धार गर्ने कार्य निरन्तर जारी राख्ने भिक्षुणी तेन्जीले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment