Comments Add Comment

कांग्रेस गुल्मीले उम्मेदवार छान्यो, कहाँ को ?

२८ जेठ, काठमाडौं । नेपाली कांग्रेस गुल्मीले १४ वटै स्थानीय तहको उम्मेदवार पाएको छ । पार्टी केन्द्रीय कार्यालयले गुल्मीका सबै तहको उम्मेदवार मनोनयन गरी जिल्ला कार्यसमितिलाई पठाएपछि मतदाताले कांग्रेस उम्मेदवार चिन्ने अवसर पाएका छन् ।

कांग्रेस केन्द्रीय कार्यालयले जिल्लाबाट आएको नामलाई नै सिफारिस गरेर पठाएको छ । जिल्लाका विभिन्न ७ स्थानीय तहमा माओवादीसँग तालमेल गरेको कांग्रेसले त्यही अनुरुप उम्मेदवार टुंगो लगाएको हो ।

रेसुङ्गा नगरपालिका प्रमुखमा कांग्रेसले भुवन श्रेष्ठलाई अघि सारेको छ । उपप्रमुखमा भने अमृतादेवी कुँबरको नाम सिफारिस भएको छ । मुसिकोट नगरपालिका प्रमुखको टिकट कृष्णहरि सपाकोटाले पाएका छन् । यहाँ उपप्रमुख माओवादीलाई छाड्ने सहमति अनुरुप कांग्रेसले उपप्रमुख उम्मेदवार उठाएको छैन ।

कालिगण्डकी गाउँपालिका अध्यक्षको उम्मेदवार वेदबहादुर कुँबरको पोल्टामा परेको छ । कमला पाण्डेले उपाध्यक्षमा भिड्ने मौका पाएकी छन् । सत्यावती गाउँपालिकाबाट परिश्वर ढकालको नाम सिफारिस भएको छ । यो गाउँपालिकामा माओवादी केन्द्रलाई उपाध्यक्ष दिएर तालमेल गर्ने सहमति भएकाले कांग्रेसले उपाध्यक्ष उम्मेदवार उठाएको छैन ।

चन्द्रकोट गाउँपालिका अध्यक्षमा कांग्रेसले द्रोण खत्रीलाई उठाएको छ भने उपाध्यक्षमा भगवती अर्याल उत्रँदै छिन् । रुरु गाउँपालिका अध्यक्ष माओवादीलाई छाडेको कांग्रेसले उपाध्यक्ष उम्मेदवार देवेन्द्र मल्ललाई बनाएको छ । माओवादीसँग तालमेल भएको छत्रकोटमा गाउँपालिकामा अनन्तराम थापा अध्यक्ष उम्मेदवार बनाइएका छन् ।

गुल्मी दरबार गाउँपालिकाको टिकट अशोककुमार थापाले पाएका छन् भने उपाध्यक्षको टिकट मिना भण्डारीको हातमा परेको छ । धुर्कोट गाउँपालिकामा महेन्द्रप्रसाद भण्डारीलाई उतार्ने निर्णय गरेको कांग्रेसले उपाध्यक्ष भने माओवादीलाई छाडेको छ । मेदानेको गाउँपालिका अध्यक्ष महेन्द्र कुँबरलाई बनाएको कांग्रेसले उपाध्यक्ष उठाएको छैन । माओवादीसँगको सहमति अनुसार कांग्रेसले उपाध्यक्ष नउठाएको हो ।

मालिका गाउँपालिका अध्यक्षमा ज्ञानबहादुर कार्की भिड्दै छन् भने उपाध्यक्षमा सीता अर्याल उम्मेदवार बनेकी छन् । माओवादी केन्द्रसँग तालमेल भएको इस्मा गाउँपालिकामा कांग्रेसले अध्यक्ष आफूले राखेर उपाध्यक्ष माओवादी केन्द्रलाई दिएको छ । यहाँ कांग्रेसले चन्द्रबहादुर महतलाई उम्मेदवार बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment