Comments Add Comment

सिद्धार्थनगरमा कांग्रेसको प्रचारप्रसार तीव्र

२८ जेठ, भैरहवा । अगामी असार १४ गते हुने स्थानीय तह चुनाव नजिकिएपछि नेपाली कांग्रेस सिद्धार्थनगर नगरपालिका (भैरहवा) मा कांग्रेसले प्रचारप्रसारलाई तीव्र बनाएको छ ।

मेयर पदका उम्मेदवार मातृकाप्रसाद यादव र उपमेयर पदकी उम्मेदवार माधवी शर्मा वाग्लेले घरदैलो तथा प्रचारप्रसारलाई तीव्र पारेका छन् ।

अन्य दलको तुलनामा ढिलो गरी कांग्रेसले उम्मेदवारको चयन गरेका कारण पनि मेयर-उपमेयरलाई प्रचार समय कम छ ।

सबै मतदातको घरमा पुग्ने, स्थानीयको समस्या बुझ्ने तथा आफ्ना एजेण्डाहरु जनतालाई बुझाउन समय कम भएका कारण पनि मेयर उपमेयरका उम्मेदवारहरु बिहानैदेखी साँझसम्म घरदैलोमा केन्दि्रत हुनु परेको कांग्रेसले जनाएको छ ।

नेपाली कांग्रेस भैरहवाका मेयरका उम्मेदवार यादव र उपमेयरकी उम्मेदवार शर्माले सिनपा २ को मेउडिहवा, फुलपुर, झण्डीबजार, जगंलटोल, डाडाँगाउ लगायतका क्षेत्रमा घरदैलो गरेका छन् ।

घरदैलोको क्रममा स्थानीयले कांग्रेसले भैरहवामा सबै क्षेत्र, समुदाय, जातजातिलाई सम्मान गर्दै उम्मेदवार चयन गरेको भन्दै आफूहरुले सहयोग गर्ने बताए ।

स्थानीयको चाहाना, नगरको आवश्यकता तथा विकासलाई ध्यानमा राखी वडा नं २ मा रहेको पंचवाटिकालाई व्यवस्थित र स्तरउन्नती गरी पिकनिक स्थलको रुपमा विकास गरिने मेयर पदका उम्मेदवार यादवले बताए । उनले मेउडिहवादेखि फुलपुरसम्म पक्की सडक निमार्ण गर्ने समेत बताए ।

उपमेयर पदकी उम्मेदवार शर्माले बहिरा बाल बिद्यालयको स्तरउन्नती, भित्र सडकको स्तरउन्नती तथा ढल व्यवस्थापनको लागी नाला निमार्ण जस्ता कामलाई आफूहरुले प्राथमिकतामा राखेर काम गर्ने बताइन् ।

पहिलो चरणको घरदैलो गरिसकेका वडा अध्यक्ष तथा सदस्यका उम्मेदवारहरुले पनि मेयर-उपमेयरसगै दोस्रो चरणको घरदैलो गरेका छन् ।

वडा नं २ बाट नेपाली कांग्रेसको तर्फबाट अध्यक्षमा जगजिवन पाठक, सदस्यहरुमा पारवती साह, फुलमति हरिजन, मथुरा यादव र युवराज श्रेष्ठ उम्मेदवार रहेको नगर सभापति दिलिप धितालले जानकारी दिए ।

यसअघि कांग्रेसले सिनपा १ को बेलहिया, रानीगाउँ लगायतका क्षेत्रमा घरदैलो गरिसकेको छ ।

कांग्रेसले मेयर-उपमेयरको टुङ्गो लगाएपछि उत्साहित भएका स्थानियहरुको घरदैलोमा उलेख्य सहभागिता रहेको नगर सचिव संजिव शर्मा रेग्मीले बताए ।

मेयर-उपमेयर घरदैलोमा लागिरहेका बेला वडाअध्यक्ष तथा सदस्यका उम्मेदवारहरु पनि मतदालाई मतहाल्न सिकाउने र वडा स्तरीय प्रतिबद्धता मतदातासम्म पुर्याउनमा केन्दि्रत छन् ।

नेपाली कांग्रेसको तर्फबाट वडा नं १ को वडा अध्यक्षमा रमेश मल्ल, वडा नं २ मा जगजिवन पाठक, ३ मा चन्द्रवली यादव, ४ मा नरेन्द्र रौनियार, ५ मा पुरन प्रसाद श्रेष्ठ, ६ मा धिरेन्द्र श्रीवास्तव, ७ मा भिमसेन कर्मचार्य, ८ मा राजनजंग राणा, ९ मा श्याम खनाल, १० मा बिजयनाथ धवल, ११ मा राजेश्वर यादव, १२ मा करुन्जन श्रेष्ठ र वडा नं १३ मा सोमबाहदुर गुरुङ्ग (सेते) उम्मेदवार रहेका छन् ।

यस्तै रुपन्देहीको देवदह नगर समितिले घरदैलो पनि प्रचारप्रसार कार्यक्रमलाई तीब्रता दिएको छ । कांग्रेसका जिल्ला सभापति अब्दुल रज्जाकको नेतृत्वमा घरदैलो कार्यक्रम शुरु गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment