+
+
Shares

राजपालाई चुनावमा आउन उपेन्द्र र बाबुरामको संयुक्त आह्वान

फोरम नेपाल र नयाँ शक्तिले दोस्रो चरणको चुनावमा पनि तालमेल गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ २८ गते १६:४०

२८ जेठ, काठमाडौं । संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्तिले राष्ट्रिय जनता पार्टी (राजपा)लाई चुनावमा आउन संयुक्त आह्वान गरेका छन् ।

फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले आइतबार संयुक्त विज्ञप्ति निकालेर चुनावलाई पनि आन्दोलनकै रुपमा उपयोग गर्न आह्वान गरेका हुन् ।

‘देशमा भइरहेको प्रतिक्रान्तिकारीहरुको षड्यन्त्रलाई परास्त गर्न तथा आन्दोलनबाट प्राप्त उपलब्धीहरुको रक्षा गर्दै पहिचान र अधिकार सहितको संघीयता प्राप्तिको आन्दोलनलाई थप उचाइमा पुर्‍याउनका लागि निर्वाचनलाई समेत आन्दोलनको रुपमा उपयोग गर्न राष्ट्रिय जनता पार्टी लगायत सबै आन्दोलनरत दलहरुलाई पनि हामी हार्दिक अनुरोध गर्दछौं,’ विज्ञप्तिमा लेखिएको छ ।

सरकारले आफ्ना राजनीतिक मागहरु सम्बोधन नगरेको भन्दै दोस्रो चरणको चुनावमा सहभागी नहुने घोषणा गरेको छ ।

सबै शक्तिहरु निर्वाचनमा आउने वातावरण निर्माण गर्न पनि फोरम र नयाँशक्तिले सरकारसँग माग गरेका छन् ।

उनीहरुले दोस्रो चरणको चुनावमा पनि तालमेल गर्ने सहमति गरेका छन् । पहिलो चरणको चुनावमा पनि फोरम र नयाँशक्तिले तालमेल गरेका थिए ।

मुद्दा मिल्ने अन्य राजनीतिक दलहरुसँग पनि तालमेल गरी निर्वाचनमा जान सकिने दुई दलका नेताहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?