Comments Add Comment

मधेसमा उम्मेदवार छान्न तीन दललार्इ सकस

कांग्रेस र माओवादी भन्दा एमाले छिटो

२९ जेठ, काठमाडौं । दोस्रो चरणमा निर्वाचन हुने २ नम्बर प्रदेशका ८ जिल्लामा प्रमुख दलहरुले उम्मदेवारको टुंगो लगाउन सकिरहेका छैनन् । कांग्रेस, एमाले र माओवादी पार्टीहरु अझैसम्म मधेसमा आक्रामक रुपमा प्रस्तुत हुन सकेका छैनन् ।

उम्मेद्वार छनाेटमा कांग्रेस र माओवादी भन्दा एमाले छिटो देखिएको छ ।

यही क्रममा मधेसको चुनावी तयारीबारे के भइरहेको भन्नेबारे प्रमुख दलहरुसँग बुझ्ने प्रयास गर्‍यौं ।

एमाले भन्छ- ७५ प्रतिशत काम सकियो, दुई दिनमा सबै टुंगो लाग्छ

मधेसमा उम्मेदवारहरुको टुंगो लगाउनेमा अरुभन्दा एमाले अगाडि देखिएको छ । उसले अबको दुईदिनभित्र सबै उम्मेदवारको टुंगो लगाइसक्ने बताएको छ ।

एमाले सचिव तथा प्रचार विभाग प्रुमख योगेश भट्टराईले अनलाइनखबरसँग भने- ‘हामीले करिब ७५ प्रतिशत उम्मेदवारहरुको टुंगो लगाइसकेका छौं, बीरगञ्ज महानगरपालिकाका साथै जनकपुर, जितपुर सिमरा र कलैया उपमहानरका उम्मदेवारहरु पनि आज वा भोलिसम्म टुंगो लाग्छन्।’

सप्तरी, सिराहा, बारा, रौतहट लगायतका जिल्लामा स्थानीय तहबाटै उम्मेदवारहरुको टुंगो लागिसकेको एमाले नेता भट्टराईले बताए ।

महानगर र उपमहानगरबाहेक आठै जिल्लामा स्थानीय तहबाटै उम्मदेवार चयन गरिरहेको भट्टराईले जानकारी दिए ।

राजधानीमा आजै बस्ने स्थायी कमिटी बैठकले थप उम्मेवारहरुको टुंगो लगाउने भट्टराईले बताए ।

कांग्रेसकाे केन्द्रमा उम्मेदवारकाे सूची अाएन

नेपाली कांग्रेसले पनि प्रदेश नम्बर २ का स्थानीय तहहरुको उम्मेदवार टुंगो लगाउन सकेको छैन । स्थानीय स्तरबाट नामहरु सिफारिस भएको छ तर, केन्द्रमा आइपुगिसकेको छैन ।

केन्द्रीय सदस्य आनन्द ढुंगानाले अनलाइनखबरसँग भने, ‘वडा, नगर हुादै क्षेत्रीय कमिटीहरुबाट नामहरु आएको छ । गाउँपालिकाको जिल्लाबाट तय हुन्छ । नगरपालिकाको मेयर र उपमेयरको टुंगो केन्द्रले लगाउने भएकाले आज नाम पठाउँछौं ।’

पहिलो चरणको चुनावमा एमालेभन्द पछि परेको नेपाली कांग्रेसले मधेसबाट राम्रो पोजिसन ल्याउने र दोस्रो चरणको चुनावमा एमालेलाई जित्ने रणनीति बनाएको नेताहरुले बताउँदै आएका छन् ।

तर, तराई मधेसका जिल्लाहरुमा उम्मदेवारको टुंगो लगाउन कांग्रेसभित्र अझैसम्म अलमल देखिएको छ । कांग्रेसमा देखिएको यस्तो अलमलले उसलाई घाटा लाग्न सक्ने चिन्ता सो पार्टीभित्रैका नेताहरुमा छ ।

माओवादी केन्द्र के गर्दैछ ?

यसैवीच मधेसमा आफ्नो राम्रो प्रभाव रहेको र पार्टीको जितमा सकारात्मक नतिजा मधेसबाटै आउने दाबी गरिरहेको माओवादी केन्द्र मधेसका ८ जिल्लामा उम्मदेवार तल गर्नेबारे अलमलिमा परेको छ ।

दुई नम्बर प्रदेशमा उम्मेदवार तय गर्नेबारे के भइरहेको छ भन्ने प्रश्नमा माओवादी प्रवक्ता पम्फा भुसालले अनलाइनखबरसँग भनिन्-‘ दुई नम्बर प्रदेशमा केही ढीलो भइरहेको छ । हाम्रो कार्यालय टीमले यसबारे गृहकार्य गरिरहेको छ, असार २ गतेभित्र हामी सबै टुंगो लगाउँछौं ।’

भिन्न समूहवीच पार्टी एकता गरेको माओवादी केन्द्रले २ नम्बर प्रदेशमा पार्टीलाई संस्थागत गर्न नसकेका कारण त्यहाँ उम्मदेवारी चयन गर्न गज्याङ-मज्याङ भइरहेको स्रोतले अनलाइनखबरलाई बतायो ।

मातृका यादव, उर्मिला अर्याल, महेन्द्र पासवान, प्रभु साह, गिरिराजमणि पोखरेल, अजयशंकर नायक, विश्वनाथ साह लगायतका माओवादी  नेताहरुले यहाँको समस्या समाधानका लागि गृहकार्य गरिरहेको पार्टी निकट स्रोत बताउँछ ।

माओवादी स्रोतका अनुसार मधेसमा नारायणकाजी श्रेष्ठ समूहको समेत राम्रो प्रभाव रहेकाले सबै नेताहरुले यहाँको उम्मेदवारी चयनमा विशेष चासो दिएका छन् ।

माओवादी अध्यक्ष प्रचण्डको चुनाव क्षेत्रसमेत यहीँ भएकाले आगामी चुनावमा मधेसको नजिता आफ्नो अनु्कुल पार्नुपर्ने दबावमा माओवादी नेताहरु छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment