+
+
Shares

सरकार र राजपा दुबै लचक हुनुपर्छ : डा. बाबुराम भट्टराई

ध्रुब भट्टराई ध्रुब भट्टराई
२०७४ जेठ २९ गते १२:४६

२९ जेठ, विराटनगर । नयाँ शक्ति पार्टीका संयोजक एव पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले सत्ता पक्ष र राष्ट्रिय जनता पार्टी दुबै लचक भएर न्यूनतम कुरामा सहमति गरी चुनावमा जानुकोे विकल्प नरेहको बताएका छन् ।

यहाँको विमानस्थलमा स्थानीय संचारकर्मीसंग सोमबार कुराकानी गर्दै संयोजक भट्टराईले भने-‘अहिलेको अवस्थामा सार्थक निर्वाचन गराउन राजपाको न्यूनतम मागलाई सरकारले सम्वोधन गरी चुनावमा ल्याउने वातावरण तयार गर्नु पर्छ, त्यसका लागि राजपाले पनि आफना सबै माग पूरा हुनु पर्ने अड्डी त्याग्नु पर्छ, सत्ता पक्षले पनि कत्ति पनि मान्दिन भन्न हुँदैन ।’

उनले दुवै पक्षले थोरै भएपनि लेनदेन गरेर विवादको विषयलाई टुङयाउनु पर्ने बताए ।

संयोजक भट्टराईले स्थानीय तहको चुनावलाई सार्थक बनाउन सबै दलहरुको सहभागिता अनिवार्य भएको भन्दै त्यसका लागि थोरै मागलाई सम्बोधन गरी अगाडि बढ्नुको विकल्प सरकार र राजपाको विच अन्य विकल्प नरेहको बताए ।

उनले विगतका दिनमा पनि सहमतीय राजनीतिका दलहरुवीच लेनदेन हुँदै आएको स्मरण गर्दै भट्टराईले भने-‘अहिले नै सम्भव हुने मागलाई सम्बोधन गदै जानु पर्छ यदी अहिले सम्भव नहुँने मागलाई सहमतिको आधारमा टुङयाएर अघि वढनु पर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?