३० जेठ, काठमाडौं । प्रदेश नम्बर २ का उम्मेदवार र मतदाता स्थानीय निर्वाचन हुनेमा अझै पनि ढुक्क हुन सकेका छैनन् । पटकपटक परिवर्तन भएको स्थानीय निर्वाचनको मिति र राष्ट्रिय जनता पार्टीले सार्वजनिक गरेका आन्दोलनका कार्यक्रमका कारण उनीहरु अन्योलमा परेका हुन् ।
नागरिक समाज गौरका अध्यक्ष जगरनाथ केशरीका अनुसार सरकारले राजपाले उठाएका जायज मागबारेमा ठोस निर्णय गर्न नसउक्दा गौरसहित प्रदेश नम्बर २ का उम्मेदवार र मतदातामा निर्वाचन हुने–नहुनेमा आशंका छाएको छ ।
स्थानीय तह थप्नुपर्ने कुरामा सरकार चुकेको अध्यक्ष केशरीको भनाइ छ । केशरीजस्तै गौरका रमेश सिंह पनि उम्मेदवार नै अन्योल रहनु दुःखद भएको बताउँछन् । नयाँ पत्रिका दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4