+
+
Shares

नगर कार्यपालिकाको पहिलो निर्णयः छोरी जन्मिनेबित्तिकै बैंक खाता !

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ ३० गते ६:०२

३० जेठ, काठमाडौं । अब वीरेन्द्रनगर, सुर्खेतमा छोरीको जन्म हुनेबित्तिकै बैंकमा बचत खाता खोलिने भएको छ । वीरेन्द्रनगर नगरपालिकाले नगरभित्र जन्मिने छोरीको स्थानीय बैंकमा बचत खाता खोलिदिने भएको हो ।

नगर कार्यपालिकाको पहिलो बैठकले अब नगरभित्र जन्मिने छोरीको नाममा एक हजार रुपैयाँका बचत खाता खोलिदिने निर्णय गरेको छ ।

छोरा र छोरीबीचको विभदे न्यूनीकरण गर्न प्रोत्साहन स्वरुप यस्तो निर्णय गरिएको मेयर देवकुमार सुवेदीले जानकारी दिएको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?