३० जेठ, काठमाडौं । छोटो समयमा उच्च नाफा हुने प्रलोभनमा सर्वसाधारणको सात अर्बभन्दा बढी रकम ठगी गरेको युनिटी लाइफकै शैलीमा नेटवर्क ठगी धन्दा फेरि सुरु भएको खुलेको छ ।
चिकित्सक, इन्जिनियर र चार्टड एकाउन्टेन्टको सक्रिय संलग्नतामा नयाँ नेटवर्किङ धन्दा सुरु भएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धानमा खुलेको आजको नागरिक दैनिकमा खबर छ ।
डेढ वर्षदेखि नेपालमा क्यु नेट नेटवर्कको नाममा पिरामिड शैलीमा नेटवर्क धन्दामा संलग्न एक सय दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीमध्ये १४ नाइकेलाई हिरासतमा राखिएको छ ।
हिरासतमा रहेकामध्ये केही चिकित्सक छन् त कोही इन्जिनियर र एकाउन्टेन्ट ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4