+
+
Shares

गुल्मीमा वैद्य माओवादीले छान्यो उम्मेदवार

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ ३१ गते ११:५६


३१ जेठ, गुल्मी । असार १४ गते हुने भनिएको दोस्रो चरणको स्थानीय चुनावका लागि मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले गुल्मीमा उम्मेदरबार छनोट गरेको छ ।

क्रान्तिकारी माओवादी सम्बद्ध देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले गुल्मीका ४ स्थानीय तहमा उम्मेदवार चयन गरेका हो ।

रेसुंगा नगरपालिकाको प्रमुखमा नन्दराम राना, रुरु गाउँपालिकाको अध्यक्षमा केशव अधिकारी, सत्यवती गाउँपालिकाको अध्यक्षमा प्रगति राना, कालिगण्डकी गाउँपालिका अध्यक्षमा ढोन्द पुलामीलाई उम्मेदवार बनाउने निर्णय गरेको मोर्चाले जनाएको छ ।

– अनिल खत्रीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?