+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

गृह मन्त्रालयको विश्लेषणः असार १४ मा चुनाव गर्न सकिन्छ

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ ३१ गते १२:५४

३१ जेठ, काठमाडौं । चुनाव बहिस्कारका लागि आन्दोलन घोषणा गरेको राजपाको दुई दिने कार्यक्रम हेरिसकेपछि गृहमन्त्रालयका अधिकारीहरु आगामी असार १४ गते ४ वटै प्रदेशमा चुनाव गर्न सकिने निश्कर्षमा पुगेका छन् ।

‘राजापाले गर्ने शक्ति प्रदर्शनमा जनसहभागिता कस्तो हुन्छ भनेर हामीले दुई दिनसम्म हेर्‍यौं,’ गृहमन्त्रालयका एक अधिकारीले अनलाइनखबरसँग भने- ‘कतिपय जिल्लामा टायर बाल्ने र गाडी तोडफोड गर्ने घटनाहरु भए पनि त्यसमा एक/दुईभन्दा बढी मानिसको सहभागिता देखिएन ।’

राजापाले के कति शक्ति देखाउँदोरहेछ भन्ने स्थानीय प्रशासनले नरम भएर हरेको र कुनै अवरोध नगरेको भए पनि दुई दिनको घटना आँकलन गदार्न राजपाको प्रदर्शन सरकारको नियन्त्रभन्दा बाहिर नरहेको गृहको ठहर छ ।

गृहमन्त्रालयको एक उच्च स्रोतले अनलाइनखबरसँग भन्यो- ‘गृहमन्त्रीज्यूले स्थानीय सुरक्षा अधिकारीहरुलाई राजपाको प्रदर्शनमा कुनै पनि बल प्रयोग नगर्नै निर्देशन दिनुभएको थियो, त्यही कारण प्रहरीले संयमता अपनाएको हो ।’

तर, स्थानीय प्रशासनले राजापाले कुन जिल्लामा कति मानिसहरु सडकमा उतार्‍यो भन्ने विवरण संकलन गरेर गृहमन्त्रालयमा बि्रफिङ गराएको छ । यसक्रममा २७० जना भन्दा बढीको जुलुस कतै नदेखिएको रिपोर्ट गृहमा पुगेको छ ।

दुई दिनसम्म राजपाको शक्ति हेरिसकेपछि सुरक्षा अधिकारीहरु असार १४ मा सबै प्रदेशमा चुनाव गर्न सकिने निश्कर्षमा पुगेका छन् ।

गृहमन्त्रालय स्रोतले भन्यो- ‘सरकारले सुरक्षामा विशेष ख्याल गर्नुपर्ने भनेको मनोनयन दर्ताका दिनमा र मतदान गर्ने दिन हो, त्यसका लागि सुरक्षाकर्मीहरु सक्षम छन् । आम जनता चुनावको पक्षमा रहेकाले सीमति मानिसहरुले अवरोध गर्न खोज्दैमा त्यो सम्भव छैन ।’

बुधबार र विहीबार सरकारले खुकुलो छाडिदिँदा पनि राजापाको पक्षमा जनसहभागिता नदेखिएको मन्त्रालय स्रोतको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?