Comments Add Comment

यस्तो छ घिउकुमारीका १२ फाइदा

एलोबेरा अर्थात घिउकुमारी औषधीय गुणको वनस्पती हो, जो सहजै बगैंचा वा करेसाबारीमा उमार्न सकिन्छ । यसलाई सानो गमलामा रोप्न सकिन्छ । हुर्काउन र स्यहार्नका लागि पनि खासै गाह्रो छैन । अर्थात हाम्रो निम्ति गुणकारी वनस्पती हो यो ।

घिउकुमारीको पातमा तरल पदार्थ हुन्छ । यसमा केहि प्रकारको प्रोटिन र भिटामिन पाइन्छ । त्यसैले उक्त पातको प्रयोग फाइदाजनक मानिन्छ, स्वास्थ्य र सौन्दर्य दुबैका लागि ।

के पाइन्छ घिउकुमारीमा ?

घिउकुमारीमा भिटामिन ए, बि-१, बि-२, बि-६, बि-१२ र ई पाइन्छ । साथै यसमा फोलिक एसिड जस्ता पोषक तत्व हुन्छ । यसको जेलमा तामा, फलाम, क्याल्सियम, जिंक, पोटाशियम, क्रोमियम, म्याग्नेशियम जस्ता तत्व पाइन्छ । यो प्राकृतिक रुपमा प्रभावशाली जडिबुटी हो ।

छालाको सौन्दर्य बढाउन

घिउकुमारीमा जे तत्व पाइन्छ, त्यसले छालालाई हाइड्रेट राख्छ र पोषक तत्व पनि प्रदान गर्छ । यसले नयाँ कोशिकाको उत्पादनमा पनि भूमिका खेल्छ । अनुहारमा घिउकुमारीको जुस लगाउँदा त्यसले अनुहारलाई चम्किलो र मुलायम बनाउँछ ।

केसको लागि

घिउकुमारी एकदमै राम्रो मोश्चराइजर हो, जसले केसलाई घना र मुलायम बनाउँछ । यसले केसको पिएच सन्तुलन गर्नमा पनि सहयोग गर्छ । घिउकुमारीमा हुने पोषण तत्वले केस बढ्न सहयोग गर्छ र र्झन दिँदैन ।

घिउकुमारी जेलमा कागतीको रस मिसाएर केसमा लगाउनुपर्छ । त्यसपछि २० मिनेट जति तातो तैलियाले केसलाई लपेट्ने । अन्त्यमा मनतातो पानी र हल्का स्याम्पूले केस सफा गर्नुपर्छ । यो प्रक्रिया हरेक दुई हप्तामा दोहोर्‍याउनु पर्छ ।

दाँत र गिजाको लागि

घिउकुमारीमा आफ्नो प्राकृतिक जीवाणुरोधी र रोगाणुरोधी गुण हुन्छ, जसले गिजा र दाँतलाई स्वस्थ्य तुल्याउँछ । यो विभिन्न प्रकारको भिटामिन र खनिजले भरिएको हुन्छ, जसले कोसिकाको विकासमा सहयोग गर्छ । त्यही कारण गिजाबाट रगत बग्ने, मुखको अल्सर जस्ता समस्या हुन दिदैन ।

पेटको लागि

घिउकुमारी पेटको स्वस्थ्यका लागि पनि लाभदायक हुन्छ । यसमा उच्च मात्रामा फाइबर पाइन्छ, जसले पाचन यन्त्रलाई चुस्त बनाउँछ । घिउकुमारीको रस कब्जियतको उपचारमा पनि प्रयोग गर्न सकिन्छ । कब्जियत भएको अवस्थामा घिउकुमारीको जुस पिउनुपर्छ ।

१. घिउकुमारी सेवन गर्दा त्यसले हाम्रो शरीरमा रगतको कमी हुन दिदैन । रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ ।

२. हाम्रो शरीरको भित्री अंगहरु सफाइ गर्नमा पनि यो उपयोगी हुन्छ । यसले शरीरको नसा, नाडी आदि सफाइ गर्छ ।

३. छाला र केसलाई बलियो, मुलायम बनाउनका लागि घिउकुमारीले प्रभावकारी काम गर्छ ।

४. घिउकुमारीको जुस सेवन गर्दा छाला रुखो हुँदैन । चम्किलो र नरम हुन्छ ।

५. घिउकुमारीको जुस सेवन गर्दा अनुहारको खराबी, मूसा, रुखोपन, चाहुरी, दाग धब्बा हट्छ ।

६. घिउकुमारीको सेवन जो कोहिले गर्न सक्छन्, यसको साइड इफेक्ट छैन । घिउकुमारीको जुसले रगतलाई शुद्ध बनाउने, हेमोग्लोबिनको कमी पुरा गर्ने र शरीरमा ब्लड सेल्सको संख्या बढाउन सहयोग गर्छ ।

७. तौल नियन्त्रण गर्नका लागि पनि घिउकुमारीको जुस उपयोगी हुन्छ ।

८. घिउकुमारी जुसले दाँत सफा गर्ने र रोगमुक्त राख्छ । यसलाई माउथ प|mेशनरको रुपमा काम गर्छ ।

९. यसले केस झर्ने समस्याबाट पनि मुक्ती दिन्छ ।

१०. फेसवासको रुपमा समेत घिउकुमारी उपयोग गर्न सकिन्छ ।

११. घिउकुमारीको जुस नियमित रुपले सेवन गर्दा कब्जियतबाट छुटकारा मिल्छ ।

१२. घिउकुमारीको जुसले मधुमेहमा पनि राहात मिल्छ । साथै कोलोस्टोर नियन्त्रणमा पनि यो प्रभावकारी हुन्छ ।

कसका लागि हानिकारक हुनसक्छ ?

घिउकुमारीको प्रयोग सबैका लागि फाइदाजनक हुँदैन । कतिपय अवस्थामा यसले नराम्रो असर पनि गर्छ । खासगरी गर्भवती र स्तनपान गराइरहेका महिलाले घिउकुमारीको जुस सेवन गर्नु हुँदैन । यो १२ बर्षभन्दा कम उमेरका बच्चाको लागि पनि असुरक्षित मानिन्छ ।

हृदय रोगीका लागि पनि घिउकुमारी जुस राम्रो मानिदैन । किनभने यसले शरीरमा एड्रेनालाइन अत्याधिक मात्रामा उत्पन्न गर्न सक्छ । यसले शरीरमा पोटाशियमको मात्रा पनि कम गर्छ, जसले मुटुको धड्कन अनियमित गराउन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment