Comments Add Comment

मकैको घोगासहित धादिङमा बाँदरविरुद्ध प्रदर्शन


१ असार, काठमाडौं । बाँदरले खेतीबारीमा लगाएको अन्नवाली खाइदिएपछि धादिङका पिडित किसानले सदरमुकाम धादिङबेसीमा प्रदर्शन गरेका छन् ।

बाँदरले खाएको मकैको खोस्टाको माला लगाएर सदरमुकाममा रहेको जिल्ला प्रशासन कार्यालय पुगेका थिए । बाँदर नियन्त्रणका लागि पटक पटक जिल्ला प्रशासन कार्यालय, जिल्ला कृषि कार्यालय र जिल्ला वन कार्यालयमा ध्यानाकर्षण गराएपनि माग सुनुवाई नभएको किसानको भनाई थियो ।

नीलकण्ठ ९ स्थित पाल्पा, मुरलीभन्ज्याङ, अलैचे, आरनटार धौखोला लगायतका क्षेत्रहरुमा बढी बाँदरको आतङ्क रहेकाले स्थानियहरुले उक्त क्षेत्रमा बादर नियन्त्रण गर्न नसकेपछि प्रशासनको गुहार मागेका हुन ।

यस क्षेत्रमा किसानहरुले वर्षौदेखि बाँदर आतंकको पीडालाई खेपिरहेका छन् । वर्साैदेखि गाउँमा बाँदर आतंक मच्चिदै आएको र वर्सेनि जिल्ला प्रशशासन लगायत निकायहरुमा बाँदर नियन्त्रणको माग गर्दै आएपनि सुनुवाइ नभएपछि प्रदर्शनमा उत्रिएको बाँदर पीडित समूहका अध्यक्ष तिलप्रसाद लम्सालले बताए ।

किसानहरुले जिल्ला सदरमुकाम परिक्रममा परी नाराजुलुस गर्दै जिल्ला प्रशासन कार्यलय, जिल्ला कृषि विकास कार्यलय, वन कार्यलयमा तत्काल बादरको आतंक नियन्त्रण गर्न ज्ञापन पत्र समेत बुझाएको राजधानी दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment