
२४ वैशाख, काठमाडौं । धादिङको थाक्रे गाउँपालिका–१ कमेरेस्थित पृथ्वी राजमार्गमा सवारी दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।
घाइते हुनेहरुमा काठमाडौं बालाजु बस्ने ४५ वर्षीय मिलन लामा र थाक्रे गाउँपालिका–८ बस्ने ४३ वर्षीय रमेश सुवेदी छन् ।
लामा बा ८७ प ७८८४ नम्बरको मोटरसाइलकका चालक हुन् भने सुवेदी पछाडि सवार थिए । उनीहरु दुबैलाई उपचारका लागि काठमाडौं पठाइएको प्रहरीको भनाइ छ ।
उनीहरु सवार मोटरसाइकललाई बुधबार दिउँसो सवा ४ बजेतिर कमेरे भन्ने ठाउँमा बा ३ ख ५७६७ नम्बरको डिब्बा गाडीले ठक्कर दिएको अस्थायी प्रहरी पोस्ट सिम्लले जनाएको छ ।
दुर्घटनाका कारण सवारीले बाटो छेकेर अवरुद्ध समेत भएको छ । अहिले सवारी साधन हटाएर बाटो खुलाउने काम भइरहेको प्रहरीले जनाएको छ ।
गाडीका चालक फरार भएकाले खोजी भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4