Comments Add Comment

जब कुखुराले बजायो पियानो (भिडियो)

तपाईंले आजसम्म पियानो बजाउने धेरै मानिसहरु देख्नुभएकाे होला । तर के कहिल्यै कुखुराले पियानो बजाएको देख्नु तथा सुन्नुभएको छ ? सायद छैन । तर हालै अमेरिकाको एक रियालिटी शो मा कुखुराले पियानो बजाउँदा सबै तिनछक परे ।

रियालिटी शो अमेरिका गट ट्यालेन्टमा यस्तो भयो कि त्यो देख्दा निर्णायक मण्डल र सबै दर्शक अचम्ममा परे ।

जब दुईजना महिला आफ्नो घरपालुवा कुखुरा जोकगूसँगै शो मा आए र आफ्नो कुखुराले पियानो बजाउने दाबी गरे, तब उनीहरुको कुरा कसैले पत्याएनन् ।

कुखुराले पियानो बजाउने कुरा सुनेर सुरुमा निर्णायक मण्डल तथा दर्शकमा पनि हाँसोको फोहरा छुट्यो । आखिर एउटा कुखुराले पियानो बजाउन सक्छ भन्ने कुरा पत्याउन गाह्रै थियो ।

त्यसपछि ती महिलाहरुलाई आफ्नो कुखुरालाई पियानो बजाउने चुनौती दिइयो । सुरुमा त जोकगूले पियानो बजाउने कुनै रुची देखाएन । तर जब उसले जाँगर चलायो र पियानो बजाउन थाल्यो तब त्यहाँ उपस्थित सबै मानिस अचम्मित भए ।

कुखुराले सुमधुर संगीतमा पियानो बजाउँदा मानिसहरुको आँखा र कानलाई विश्वास लागिरहेको थिएन । सबैले परर्र ताली बजाए । त्यो बाद्यबादक कुखुराको तारिफ नगरिरहन सकेनन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment