+
+
Shares

कुकुरलाई लाग्यो फिल्म हेर्ने लत (भिडियाेसहित)

अनलाइनखबर अनलाइनखबर
२०७४ असार १ गते ११:३०

फिल्म हेर्न मन नपराउने मान्छे सायदै होलान् । तर कुनै कुकुरले पनि फिल्म हेर्छ र अझ फिल्म हेर्ने लत मै फस्छ भन्ने कुरा त कल्पनै गर्न सकिन्न । आखिर यस्तै कल्पना गर्नै नसकिने कुरा भएरै छाड्यो ।

एउटा कुकुर फिल्म हेर्न लतमा फसेको छ । कुनै दिन फिल्म हेर्न पाएन भने यो कुकुर बौलाएको जस्तो हुन्छ । अझ रोचक कुरा त के भने यो कुकुर एक्लै बन्द कोठाभित्र बसेर फिल्म हेर्न मन पराउँछ ।

यसले अहिलेसम्म १ सयभन्दा बढि फिल्म हेरिसकेको छ । ऊ फिल्म हेरेर खुबै रमाउँछ र फिल्मका खतरनाक दृश्यहरुमा भुकेर प्रतिक्रिया जनाउँछ ।

अझ अनौठो कुरा त के भने यो कुकुरलाई भूतवाला फिल्म अर्थात् हरर फिल्म मात्र मन पर्दछ । फिल्म हेरिरहँदा उसको रिएक्सन ठ्याक्कै मान्छेको जस्तो हुन्छ ।

खालीसी नामक यो इंगलिस बुल डग प्रजातिको कुकुर अमेरिकाको भएको विश्वास गरिएको छ ।

यो कुकुरले हरर फिल्म हेरिरहेको र फिल्मको पात्रलाई भूतले तर्साउने खतरनाक चरणमा भुकेको दृश्य सहितको भिडियो सोसल मिडियामा खुबै भाइरल बनिरहेको छ ।

यो कुकुरका मालिकले यु ट्युबमा राखेको भिडियोको व्याख्या गर्दै खालिसीले हरर मूभी हेर्न मन पराउने र फिल्ममा समस्यामा परेको पात्र वा पीडितको सहयोगका लागि भुक्ने बताएका छन् । खासगरी फिल्मका बाल कलाकारहरु जब खतरामा परेको दृश्य आउँछ तब यो कुकुर भुक्दछ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?