Comments Add Comment

अभिनय सिकाउने ‘नेशनल आर्ट स्कुल’ पोखरामा खुल्यो

१ असार, पोखरा । अभिनय कला सिकाउने स्कुल पोखरामा सञ्चालनमा आएको छ । नाटक निर्देशनमा चर्चा कमाएका कृष्ण उदासीले पोखराको गैह्रापाटनमा ‘नेसनल आर्ट स्कुल’ सञ्चालनमा ल्याएका हुन् ।

‘कला कलाका लागि, कला जीवनको लागि’ भन्ने मूल नारासहित उदासीले चार महिने अभिनय कोर्ष सम्बन्धी स्कुल सञ्चालनमा ल्याएको बिहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

स्कुलका निर्देशक तथा संस्थापक उदासीका अनुसार ३ महिना अभिनय कोर्ष र एक महिने प्रोडक्सन कोर्ष अध्यापन गरिनेछ । स्कुलमा अभिनयलाई जीवन्त बनाउन आवश्यक योगा, मार्सल आर्ट, संगीत र नृत्यको प्रशिक्षण पनि दिइने उनले बताए ।

उदासीका अनुसार पहिलो ब्याचको कक्षा सञ्चालन असार २ गते शुक्रबारबाट शुरु हुनेछ । पहिलो ब्याचमा १८ जना भर्ना भएको उनले बताए । अभिनय कला सिक्ने उद्देश्यले फारम भरेका २७ जना मध्ये कलाका लागि उपयुक्त १८ जना छनौट गरेर भर्ना गरिएको उनको भनाई छ ।

एक ब्याचमा २० जना मात्रै उत्पादन गर्ने र एक वर्षमा ३ ब्याचमा ६० जना कलाकार उत्पादन गर्ने लक्ष्य राखिएको उदासीले बताए ।

उनका अनुसार काठमाडौं मण्डलाकी उत्पादन परिक्षा लामिछाने मुख्य प्रशिक्षकको रुपमा रहनेछिन् भने सरिता गिरी, कृष्ण उदासी, विकास जोशीले पनि सिकाउने छन् । त्यस्तै, योगगुरु कोमलानन्दले योगा, धनश्याम पुनले नृत्य, संगित र दीपक गोदारेले मार्शल आर्टको तालिम दिनेछन् ।

प्ात्रकार सम्मेलनमा बोल्दै स्कुलका निर्देशक तथा संस्थापक उदासीले पोखरा अभिनयको लागि छुट्टै पहिचान बनाएको ठाउँ भएपनि पछिल्लो क्रममा कलाकार उत्पादन हुन छाडेपछि स्कुल स्थापना गरेको बताए ।

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले प्रदेश नम्बर-४ को राजधानी पोखरामा अभिनय कला सम्बन्धी स्कुल खुल्नु खुशीको कुरा भएको बताउँदै यो स्कुल कलाकार उत्पादनका लागि कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे ।

स्कुलका प्रेस सल्लाहकार सन्देश श्रेष्ठले कार्यक्रम सञ्चालन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment