Comments Add Comment

शोभितले छोरालाई सोधे-‘मेरो जती प्रेमिका किन बनाउन सक्दैनस् ?’


निर्देशक शोभित बस्नेत र नायक सलोन बस्नेत आजबाट चलचित्र ‘बाबु कान्छा’को छायांकनमा जुटेका छन् । चलचित्रको घोषणा कार्यक्रममा शोभित, सलोन र नायिका करिश्मा श्रेष्ठले अनलाइनखबरसँग ‘मस्ती टक’ गरेका छन् ।

रमाइलो कुराकानीका क्रममा शोभितले छोरा सलोनलाई भने-‘तैले अहिलेसम्म मेरो जत्ती प्रेमिका किन बनाउन सकिनस् ।’ यसको जवाफमा हाँस्दै सलोनले भने-‘तपाइलाई मेरो भित्री कुरा थाहा छैन ड्याड ।’

शोभित, सलोन र करिश्मासँग गरिएको ‘मस्ती टक’को भिडियो यहाँ हेर्नुहोस्ः


निर्देशक बस्नेतले आफूले बनाएको पहिलो चलचित्र ‘राजकुमार, आर्मी’मा जस्तो फ्रेम कसैले पनि लगाउन नसकेको दाबी गरे । उनले भने-‘अहिलेका निर्देशकले भन्दा मैले त्यो बेलामा नै फ्रेम राम्रो लगाउथ्यँ । अहिलेकाले त वर्कशप गर्‍यो अनी संवाद खिच्ने मात्र हुन् ।’

रमाइलो कुराकानीका क्रममा सलोन र शोभितले घर भित्रको कुरा पनि खुलाए । शोभितले सलोनको दराजबाट चाँपी जसरी पनि भेट्याएर टिसर्ट लगाउने गरेका रहेछन् ।

शोभित र सलोनसँगै ‘मस्ती टक’मा जोडिएकी नायिका करिश्मा श्रेष्ठले भने नायक प्रदिप खड्कालाई प्रेमप्रस्ताव नै राखिन् । उनले, सलोन र आफ्नो प्रेममा ब्रेकअप समेत भएको खुलाइन् ।

शोभितले आफ्नो चलचित्रमा प्रेमिकाहरुलाई नायिका बनाउँछन् भन्ने चर्चा छ । यो बिषयमा शोभितले के भने, भिडियो नै हेर्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment