Comments Add Comment

बृद्धभत्ताको आशामा ७२ वर्षमा नागरिकता


२ असार, ताप्लेजुङ । बृद्धभत्ताको आशामा ताप्लेजुङमा दुई जना जेष्ठ नागरिकले ७२ वर्षको उमेरपछि नागरिकता लिएका छन् ।

घरपरिवारले हेरचाह गर्न छोडेपछि सरकारले दिने बृद्धभत्ताको आशामा ताप्लेजुङ फुङलिङ नगरपालिका र सिजंघा गाउँपालिकाका २ जना जेष्ठ नागरिकले नागरिकता निकालेको हुन ।

सदरमुकाम फुङलिङ नगरपालिका वडा ४ मा २००२ साल जेठ ५ गते जन्मिएका टिकाराम श्रेष्ठ र सिजंघा गाउँपालिका १ बस्ने २००३ साल माघ ७ गते जन्मिएकी हरिमाया भण्डारीले जिल्ला प्रशासन कार्यालय ताप्लेजुङबाट शुक्रबार नागरिकता प्राप्त गरेकिहुन् ।

सरकारले दिने भत्ताको आसमा नागरिकता निकालेको सहायक प्रमुख जिल्ला अधिकारी भगिमान मादेनले बताए ।

नागरिकता प्राप्त गरेपछि भण्डारीले खुशी हुदै अाफ्नो परिवारले हेर्न छोडेकोले बृद्धभत्ता पाइने आशमा नागरिकता बनाएको बताइन ।

रविन भट्टरार्इबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment