+
+
Shares

दुई नम्बर प्रदेशबाट निर्वाचन आयोगका कर्मचारी फिर्ता, कार्यालय पनि बन्द

अनलाइनखबर अनलाइनखबर
२०७४ असार २ गते १७:३०

२ असार, काठमाडौं । दुई नम्बर प्रदेशका जिल्लामा खटिएका निर्वाचन आयोगका कर्मचारीहरु कार्यालय बन्द गरेर फिर्ता भएका छन् ।

सरकारले दुई नम्बर प्रदेशको स्थानीय चुनाव असोज २ गते सारेपछि निर्वाचन आयोगले आफ्ना कर्मचारीहरु फिर्ता बोलाएको हो । केन्द्रको निर्देशन भन्दै कर्मचारीहरु कार्यालय बन्द गरेर हिँडेका छन् ।

निर्वाचन आयोगले दुई नम्बर प्रदेश अन्तर्गतका स्थानीय तहमा खटिएका निर्वाचन अधिकृत, मतदाता शिक्षा कार्यकर्ता लगायत सबै अधिकारीहरुलाई फिर्ता बोलाएको छ । यस्तै उक्त प्रदेशमा सञ्चालन भएका निर्वाचन अधिकृतको कार्यालय पनि तत्काललाई बन्द गराइएको छ ।

आयोगले असोज २ गते अघि नै अर्को निर्णय गरेर मात्र निर्वाचन कार्यालय खोल्ने र कर्मचारी खटाउने निर्णय गरेको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?