Comments Add Comment

छोरी साराले फिल्म खेल्न आँटेकोमा सैफ असन्तुष्ट

अभिनेता सैफ अली खानकी छोरी सारा ठूलै हल्लाखल्लाका साथ बलिउडमा डेब्यू गर्न आँटेकी छिन् । उनले ‘केदारनाथ’ नामक फिल्ममा सुशान्त सिंह राजपुतको अपोजिटमा अभिनय गर्ने पक्का भइसकेको छ ।

तर छोरीले फिल्म खेल्न आँटेको सैफलाई मन परिरहेको रहेनछ । हालै एक अन्तरवार्तामा उनले आफ्नो असन्तुष्टी उजागर गरे ।

न्यूजपोर्टले डिएनएलाई दिएको अन्तरवार्तामा उनले भने, ‘सारालाई फिल्ममा नै किन करिअर बनाउनुपर्‍यो ? उनी पढेेलेखेकी छिन् । यति पढेपछि उनी न्यूयोर्कमा नै बसेर कुनै काम किन गर्दिनन् ?’

उनले अगाडि भने, ‘म अभिनयलाई गलत मान्दिनँ । तर कुरा यो हो कि अभिनय एउटा स्थिर पेशा होइन । यसमा लागेका हरेक व्यक्ति आफ्नो करिअर असुरक्षित ठान्छन् । तपाईंले आफ्नो बेस्ट दिनुभएको छ भने पनि सफलताको कुनै ग्यारेन्टी हुँदैन । यो जिन्दगी कुनै बाबुआमाले आफ्ना सन्तानलाई दिन चाहँदैनन् ।’

यद्यपि, उनले आफू सँधै छोरीको पछाडि रहने बताए । सैफले भने, ‘मलाई थाहा छ उनी के गर्दैछिन् । हामी हरेक कुरा सेयर गर्छौं र फिल्मको विषयमा पनि काफी बहस गर्छौं । फिल्म नखेल्नका लागि मैले उनलाई सम्झाएको हुँ तर उनले मानिनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment