Comments Add Comment

बाँकेमा स्वतन्त्रका सगुन बने पहिलो उम्मेदवार

४ असार, नेपालगञ्ज । बाँकेमा स्वतन्त्र उम्मेदवार सगुनबहादुर श्रेष्ठले सबैभन्दा पहिले उम्मेदवारी दर्ता गराएका छन् । नेपालगञ्ज उपमहानगरपालिकाको वडा नम्बर ६ को सदस्य पदमा श्रेष्ठले उम्मेदवारी दिएका हुन् ।

यसैगरी नरैनापुर गाउँपालिकाको अध्यक्षमा कांग्रेसका रामचन्द मार्य र उपाध्यक्षमा अतिकुन निशाको मनोनयन दर्ता भएको निर्वाचन अधिकृत गोर्खबहादुर थापाले जानकारी दिए ।

बाँकेमा नेपालगञ्ज उपमहानगरपालिकासहित आठ स्थानीय तह छन् । सबै स्थानीय तहमा उत्साहका साथ मनोनयन दर्ता भइरहेको बाँकेका प्रमुख निर्वाचन आयुक्त तेजनारायण पौडेलले जानकारी दिए ।

बिहान कार्यालय समय सुरु हुँदासम्म राजपाले आहृवान गरेको बन्दको खासै प्रभाव परेको छैन । बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले जिल्लामा सुरक्षा सतर्कता बढाइएको र अवस्था सामान्य रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment