 ७ असार, दाङ । यहाँको स्थानीय प्रशासनले असार ८ गतेदेखि दाङमा मदिराजन्य वस्तु बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको छ । मङ्गलबार दाङका प्रमुख जिल्ला अधिकारी मेघनाथ काफ्लेको संयोजकत्वमा बसेको जिल्ला सुरक्षा संयन्त्रको बैठकले यस्तो निर्णय गरेको हो ।
७ असार, दाङ । यहाँको स्थानीय प्रशासनले असार ८ गतेदेखि दाङमा मदिराजन्य वस्तु बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको छ । मङ्गलबार दाङका प्रमुख जिल्ला अधिकारी मेघनाथ काफ्लेको संयोजकत्वमा बसेको जिल्ला सुरक्षा संयन्त्रको बैठकले यस्तो निर्णय गरेको हो ।
दाङका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक धिरजप्रताप सिंहका अनुसार जिल्लाका कुनै पनि सार्वजनिकस्थल, होटेल, रेस्टुरेन्ट लगायतका स्थानमा असार ८ गतेदेखि मदिराजन्य वस्तु बिक्री वितरणमा रोक लागाउने निर्णय भएको बताए ।
त्यस्तै, सर्वदलीय सर्वपक्षीय बैठकले राजनीतिक दलका बीचमा चुनाव प्रचार प्रसारका क्रममा कुनै पनि समस्या उत्पन्न भएमा त्यो समाधान गर्नका लागि मुख्य निर्वाचन अधिकृत चुरामण खड्काको संयोजकत्वमा जिल्लामा क्रियाशील दलका प्रमुखहरु सदस्य रहेको एउटा समिति गठन भएको प्रहरी उपरीक्षक सिंहले जानकारी दिए । बैठकले निर्वाचन आचारसंहिता कडाइका साथ पालना गर्न राजनीतिक दललाई आग्रहसमेत गरेको छ ।
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                .jpg) 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4