Comments Add Comment

एनआरएन स्पेनको क्षेत्रीय समिति पाईसभास्को बिल्बाउमा कडा प्रतिस्पर्धा


२२ जुन, बार्सिलोना । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् स्पेनको क्षेत्रीय समिति पाईसभास्को बिल्बाउमा नयाँ नेतृत्वका लागि कडा प्रतिस्पर्धा हुने भएको छ ।

क्षेत्रीय समितिको अध्यक्ष र केन्द्रीय सचिवका लागि दुई/दुई जनाको उम्मेदवारी परे पछि कडा प्रतिस्पर्धा हुने देखिएको हो ।

निर्वाचन समितिका संयोजक गंगाराम सापकोटाद्वारा प्रकाशित सूचना अनुसार क्षेत्रीय समितिको अध्यक्षका लागि पूर्णप्रसाद राई र महानारायण चौधरीको उम्मेदवारी परेको छ भने केन्द्रीय सचिवका लागि कृष्णप्रसाद सिग्देल र तुलसीबहादुर गुरुङको उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै कार्यसमितिको उपाध्यक्षमा दिपेन्द्र अर्याल,सहसचिवमा सुरेन्ऽ चौलागाई, कोषाध्यक्षमा रमिला चौलागाई (योगमाया), महिला फोरम संयोजकमा मालती पन्त र युवा संयोजकमा गुनबहादुर थापाको एकल उम्मेदवारी परे पछि निर्बिरोध निर्वाचित भइसकेका छन् ।

तर कार्यसमितिको एक जना सचिव पदका लागि भने राजेन्द्र सेढाई,महेश पंगेनी र कमला बराल गरीले उम्मेदवारी दर्ता गराएका छन् ।

जुन २१ देखि २३ तारिखसम्मका लागि उम्मेदवारी फिर्ताको समय निर्वाचन समितिले तोकेको छ । बढी उम्मेदवारी परेका पदमा फिर्ता नभए जुलाई १ तारिख मतदान हुने निर्वाचन समितिले जनाएको छ ।

यस्तै कार्यसमितिको ७ जना सदस्यहरुको लागि बिकास कार्की,टंक बराल,उमा गुरुङ,सञ्जय सुबेदी,सन्तोष अधिकारी,मिलन गुरुङ र रामकृष्ण रानामगरको मात्र उम्मेदवारी परे पछि सबै निर्बिरोध चयन भएका छन् ।

आगामी जुलाई १ तारिख क्षेत्रीय समिति पाईसभास्को बिल्बाउको अधिबेशन हुँदै छ । राष्ट्रिय समन्वय परिषद स्पेनका अध्यक्ष मुक्तबहादुर गुरुङले अधिबेशनमा सहभागिता जनाउने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment