Comments Add Comment

चट्याङ् लागेर २ घाइते


८ असार, ताप्लेजुङ । ताप्लेजुङमा बिहीबार दिउँसो चट्याङ लागेर एकै परिवार दुई जना घाइते भएका छन् ।

दिउँसो करिब दुई बजे घरमै बसिरहेका आठराई त्रिवेणि गाउँपालिका-३ का सासु बुहारी चट्याङ् लागेर घाइते भएका हुन् ।

घाईते हुनेमा ७४ वर्षीया गौरिमाया भट्टराई र उनकी २५ वर्षीया बुहारी कमला भट्टराई रहेका छन् ।

उनीहरुको स्थानीय स्वास्थ्य चौकिमा उपचार भइरहेको स्थानीय नरेन्द्र अधिकारीले जानकारी दिए ।

उनीहरुको स्व्ाास्थ्य अवस्था सुधारोन्मुख रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment