Comments Add Comment

साउदीमा राजदूत राजपुतको स्वागत

२४ जुन, साउदी अरब । नेपालका लागि साउदी अरबका  राजदूत डा. मेहन्द्रसिंह राजपुतको दमाम शहरमा स्वागत गरिएको छ । आममाफी सहयोग समिति–२०१७ लगायत १८ संघ–संस्थाले संयुक्त रुपमा एक कार्यक्रम आयोजना गरी राजदूत राजपुतलाई स्वागत गरेका हुन् ।

आम माफी सहयोग समिति २०१७ का संयोजक जैन कुमार लामाको सभापतित्वमा भएको कार्यक्रममा पूर्व कार्यवाहक राजदूत आनन्दप्रसाद शर्मा, श्रम सहचारी अम्बिकाप्रसाद अधिकारीलगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो ।

कार्यक्रममा आममाफी सहयोग समिति–२०१७ का सल्लाहकार कृष्ण श्रेष्ठले १२ बुँदे ध्यानकर्षण पत्र राजदूतसमक्ष पेश गरेका थिए ।

नवनियुक्त राजदूत राजपुतले कार्यक्रममा बोलदै साउदी अरबको समस्यालाई जरैदेखि उखेलेर फाल्ने प्रतिबद्धता जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment