+
+
Shares

कुलमानलाई भेटेर प्रचण्डले भने-सुदूरपश्चिमको लोडसेडिङ हटाउनुपर्‍यो

रासस रासस
२०७४ असार १० गते १५:२०

१० असार, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुदूरपश्चिमाञ्चल क्षेत्रको विद्युत्भार कटौती तत्काल अन्त्य गर्न नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई आग्रह गरेका छन्।

स्थानीय तहको दोस्रो चरणको निर्वाचन अभियानमा सहभागी भएर काठमाडौँ फर्किएपछि अध्यक्ष दाहालले  कार्यकारी निर्देशक घिसिङलाई बोलाएर सुदूरपश्चिमाञ्चल क्षेत्रमा किन विद्युत् कटौती गरिएको हो भनेर जिज्ञासा राखे ।

प्रदेश नं ७ को सुदूरपश्चिमको विद्युत्भार कटौतीको अन्त्य गर्ने विषयमा प्रभावकारी कार्ययोजनाका साथ काम गर्न अध्यक्ष दाहालले कार्यकारी निर्देशक घिसिङलाई तत्काल प्रक्रिया सुरु गर्न आग्रह गरेको अध्यक्ष दाहालका प्रेस संयोजक मनोहरि तिमिल्सिनाले जानकारी दिए ।

चुनावी अभियानका क्रममा तीन दिनअघि सुदूरपश्चिम पुग्नुभएका अध्यक्ष दाहाललाई कञ्चनपुरका स्थानीय जनताले देशका अधिकांश ठाउँमा विद्युत्भार कटौती मुक्त अभियान चलेपनि सुदूरपश्चिममा भने कार्यान्वयन नभएको भन्दै गुनासो गरेका थिए ।

स्थानीय जनताको गुनासो सुनेपछि अध्यक्ष दाहालले सार्वजनिक मञ्चबाटै काठमाडौँ फर्केलगत्तै विद्युत्भार कटौती अन्त्य गर्न विशेष पहल गर्ने घोषणा गरेका थिए ।

भेटमा कार्यकारी निर्देशक घिसिङले सुदूरपश्चिममा प्रसारण र ट्रान्सफर्मरको समस्या रहेको बताउँदै तीन/चार दिनभित्रै प्रविधिमा सुधार गरी सुदूरपश्चिमको विद्युत्भार कटौती अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?