+
+

राजपाले बढायो चुनावी सरगर्मी, मतदाताको घरदैलोमा केन्द्रीय नेता

अनलाइनखबर अनलाइनखबर
२०७४ असार ११ गते ७:०६

११ असार, काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालले संविधान संशोधनलगायतका मधेसका माग पूरा नभएको भन्दै चुनावमा भाग नलिए पनि उक्त पार्टीका स्थानीय नेता–कार्यकर्ताले आफ्नो राजनीतिक भविष्य जोगाइराख्न ‘स्वतन्त्र’ हैसियतमा उम्मेदवारी दिएका छन् ।

केन्द्रीय नेता तिनै स्थानीय तहमा पकड राख्न स्वतन्त्र उम्मेदवारको पक्षमा भोट माग्न मतदाताको घरदैलोमा पुगेको नागरिक दैनिकमा खबर छ ।

राजपा निर्वाचनमा भाग लिने भएपछि सुरक्षा चुनौती पनि हटेको सुरक्षा निकायको आकलन छ । पार्टीका उपाध्यक्ष सर्वेन्द्रनाथ शुक्ल यतिखेर स्वतन्त्र उम्मेदवारलाई जिताउन रुपन्देहीको दक्षिणी सीमावर्ती मर्चवारमा व्यस्त छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?