Comments Add Comment

राजधानीबाटै जडिबुटी व्यवसायी दम्पतीको अपहरण ! विप्लवका चार कार्यकर्ता पक्राउ

११ असार, काठमाडौं । जडिवुटी व्यवसायीलाई अपहरण गर्ने विप्लव नेतृत्वको नेकपाका चारजना कार्यकर्ताहरु पक्राउ परेका छन् । साथै अपहरित व्यक्तिको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।

रामेछाप, मन्थली- १५ आकासे घर भई नयाँ बसपार्कस्थित तनहुँ स्याङ्जा पर्वत होटलमा बस्दै आएका जडिवुटी व्यवसायी गोपालबाबु श्रेष्ठ र उनकी श्रीमती कविता दाहाललाई शनिबार अज्ञात समूहले ‘विप्लवका कार्यकर्ता हौं’ भन्दै बलजफ्ती उठाएर ट्याक्सीमा राखेर लगेका थिए ।

घटनाबारे थाहा पाएलगतै प्रहरीले अपहरित व्यक्तिको डकुमेण्ट लिन तनहु स्याङ्जा पर्वत होटलमा लगेको अवस्थामा गोपालबाबु श्रेष्ठलाई सकुशल अपहरण मुक्त गराएको छ । साथै अपहरण कार्यमा संलग्न भएको भन्दै प्रहरीले शक्ति विश्वकर्मा, मदनकृष्ण महर्जन, अन्जु देउला महर्जन र अन्जु भारतीलाई पक्राउ गरेको महानगरीय अपराध महाशाखा प्रमुख एसएसपी दिनेश अमात्यले बताए ।

कविता दाहाललाई भने बागबजारस्थित राष्ट्रिय युवा जनस्वयम् सेवक कार्यालयमा बन्धक बनाइएको थियो । त्यहाँ प्रहरीले छापा मार्ने आशंकामा अन्यत्र लैजाने क्रममा प्रदर्शनीमार्गबाट सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ । साथै अपहरणमा संलग्न अन्जु देउला महर्जन र अन्जु भारतीलाई पनि त्यहीबाट पक्राउ गरिएको छ ।

अपहरणमा संलग्न दुई जना फरार छन् । राष्ट्रिय युवा जनस्वयंम सेवकका सचिव रजमान तामाङ र राजेश भन्ने व्यक्ति फरार रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment