Comments Add Comment

खगेन्द्रको शैलीः नयाँ फिल्ममा नयाँ पात्रको जन्म

 


चलचित्र ‘टकलजंग भर्सेस टुल्के’ रिलिज भएपछि कलाकार खगेन्द्र लामिछानेलाई दर्शकले ‘टुल्के’को नामले चिने । मल्टिप्लेक्सका दर्शकमाझ उनको छवि राम्रो बन्यो । बाटोमा हिड्दा होस् या कतै, उनी ‘टुल्के’ नामले नै परिचित भए ।

पहिलो चलचित्रमा नै नयाँ उप-नाम पाएका खगेन्द्रले दोश्रो चलचित्र ‘पशुपति प्रसाद’मा काम गरेपछि फेरि उनको परिचय फेरियो । उनलाई ‘टुल्के’ भनेर चिन्ने दर्शकले ‘पशुपति प्रसाद’ नामले बोलाउन थाले । खगेन्द्रलाई ‘पशुपति प्रसाद’मा काम गर्दा ‘टुल्के’को नाम फेर्नु पर्ने मुख्य चुनौती थियो । जुन केही हदसम्म सफल पनि भयो ।

अब, उनै खगेन्द्र फेरि नयाँ नाम जन्माउने तयारीमा छन् । दीपेन्द्र के खनाल निर्देशित चलचित्र ‘धनपति’मा उनलाई दर्शकले ‘धनपति’ भनेर चिन्छन् भन्ने विश्वास छ ।

असार २३ गतेबाट रिलिज हुन लागेको यो चलचित्रमा खगेन्द्रसँग नायिका सुरक्षा पन्तले पर्दा शेयर गरेकी छिन् । एक सामान्य व्यक्ती र उसको सपनाको कथामा यो चलचित्र बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment