Comments Add Comment

गृहमन्त्रीको अपीलः सुरक्षा व्यवस्था मिलाएका छौं, ढुक्क भएर मतदान गर्नुस्

१२ असार, काठमाडौं । गृहमन्त्री जनार्दन शर्माले पर्सि बुधबार हुने निर्वाचनमा ढुक्क भएर मतदान गर्न मतदाताहरुलाई आहृवान गरेका छन् । उनले भने, ‘निर्वाचनको लागि सुरक्षाको कुनै समस्या छैन, सरकारले सबै प्रबन्ध मिलाएको छ, सबैले आफ्नो मतदानअधिकार प्रयोग गर्नुहोस् ।’

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा गृहमन्त्री शर्माले निर्वाचन शान्तिपूर्ण रुपमा सफल बनाउन आवश्यक सुरक्षा प्रबन्ध मिलाइसकेको बताए । मतदान गर्न जाँदा बाधा, अबरोध नआउने भन्दै उनले भने, ‘तपाईहरु आफ्नो मताधिकार स्वतन्त्र, भयरहित र निर्भिक रुपमा गर्न पाउनु हुनेछ, त्यसको जस्तोसुकै सुरक्षा दिन पनि सरकार तयार छ ।’

गृहमन्त्री शर्माले सुरक्षाको पहिलो आधार नै जनताको उत्साहजनक सहभागिता भएको बताए । उनले भने, ‘दोस्रो आधार भनेको सुरक्षा निकाय हो, समस्या आए तत्काल निराकरण गर्न सुरक्षा निकाय तयार भएर बसेको छ ।’

राजपा र विप्लवको अवरोधबारे सोधिएको प्रश्नमा गृहमन्त्री शर्माले भने, ‘विप्लवजीको पार्टी पनि निर्वाचनमा सहभागी भएको छ, उहाँहरु भेष्ट लगाएर चुनावी प्रचार प्रसारमा हुनुहुन्छ, यो त खुशीको कुरा हो ।’ राजपाका नेता कार्यकर्ता पनि स्वतन्त्र रुपमा निर्वाचनमा सहभागी भएको भन्दै उनले थपे, ‘राजपा पनि चुनावमा सहभागी भइसकेको छ, त्यसैले अब चुनाव कसैले विथोल्न सक्दैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment