१३ असार, काठमाडौं । जापानमा आकर्षक रोजगारमा लगाइदिने भन्दै एक गिरोहले २३ जनासँग करिब दुई करोड रुपैयाँ ठगी गरेको छ । जापानमा मासिक ३ लाखदेखि पाँच लाख रुपैयाँसम्मको जागिरमा लगाइदिने प्रलोभनमा गिरोहले एकजनासँग ४० लाख रुपैयाँसम्म असुलेको भेटिएको हो ।
ठगिनेमा अधिकांश महिला छन् । गिरोहले सामाजिक सञ्जाल फेसबुक प्रयो गरेर ठगेको हो ।
पीडितका अनुसार कास्की पुरनचौर–३ का डा. किस त्रिपाठी भनेर आफूलाई चिनाउने तर वास्तविक नाम गोविन्दप्रसाद तिवारी भएका व्यक्तिले ठगी गर्दै आएको खुलेको हो । जापानमा बसेर उनले नेपालमा ठगी गरेको पीडितको आरोप छ । आजको नागरिक दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4