Comments Add Comment

ब्राजिलका राष्ट्रपतिमाथि लाग्यो घुस लिएको आरोप

१३ असार, काठमाडौं । ब्राजिलका राष्ट्रपति माइकल टेमेरमाथि घुस लिएको आरोप लागेको छ ।

राष्ट्रपतिले मिटप्याकिङ कम्पनीको मालिकसँग घुस मागेको अभियोजकको दाबी छ । यद्यपि राष्ट्रपति टेमेरले यो आरोप अस्वीकार गरेका छन् ।

आरोपसम्वन्धी दस्तावेज सुप्रिम कोर्टका न्यायाधीशलाई बुझाइरहेको छ र उनले यसलाई संसदको तल्लो सदनमा पठाउनेबारे निर्णय लिनेछन् । त्यसपछि तल्लो सदनले राष्ट्रपतिमाथि मुद्दा लगाउनेबारे भोटिङ गर्नेछ ।

राष्ट्रपति टेमेरले आफूलाई निर्दोष सावित गर्ने दाबी गरेका छन् ।

गत वर्ष राष्ट्रपतिको पद सम्हालेदेखि नै उनीमाथि भ्रष्टाचारको आरोप लागेको थियषे । तर, पहिलो पटक औपचारिक रुपमै मुद्दा चलाउने प्रयास भइरहेको छ ।

यसअघि एक अडियो सार्वजािक भएको थियो, जसमा कतिथ रुपमा जेबीएस मिटप्याकिङ कम्पनीका मालिक सोसली बाटिस्टासँग घुस लिने कुरा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment