Comments Add Comment

फूलबारीमा रातभर तनाव, एमाले उम्मेदवारले पैसा बाँडेको आरोप

१३ असार, धनगढी । नेकपा एमाले उम्मेदवारले पैसा बाँडेको भन्दै अन्य दलका कार्यकर्ताले नियन्त्रणमा लिन खोजेपछि धनगढी उपमहानगरको फूलबारीमा रातभर तनाव भएको छ ।

मेयरका एमाले उम्मेदवार दुर्गा जोशीले गएराति कैलालीको फूलबारीमा पैसा बाँडेको नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको आरोप छ । राति १२ बजेतिर गाडीसहित फूलबारीको सी गाँउमा फेला परेका उम्मेदवार जोशीलाई माओवादी केन्द्र र कांग्रेसका कार्यकर्ताले नियन्त्रणमा लिन खोजेका थिए ।

तर, सशस्त्र प्रहरीले जोगाएर राति नै धनगढी पठाएको थियो । तर, एमाले उम्मेदवार जोशीलाई खानतलासी नगरेरै छोडेको भन्दै कांग्रेस र माओवादीका कार्यकर्ताले राति २ बजेसम्म सशस्त्र प्रहरी बलको अस्थायी बेसक्याम्प घेराउ गरेका थिए ।

एमाले उम्मेदवार जोशीले मौन अबधिमा निर्बाचन आचारसंहिता उल्लंघन गरेको कांग्रेस र माओवादीको आरोप छ ।

यो पनि पढ्नुहोस्

कांग्रेस सांसद र गरिवी निवारणका हाकिम घेराउमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment