+
+
Shares

नीशा-शरद बिहेः ‘फिल्म हलबाट सुरु, पाँच तारेमा लगनगाँठो’

अनलाइनखबर अनलाइनखबर
२०७४ असार १५ गते १३:५५

असार १६ गते नायिका नीशा अधिकारी र क्रिकेटर शरद भेष्वाकर बिबाह बन्धनमा बाँधिदैछन् । बिहे बन्धनमा बाँधिन लागेको यो जोडीको प्रेम प्रसंग निकै रोचक छ । आज हामी तपाइलाई यो जोडीको सम्बन्ध कसरी अगाडि बढ्यो भन्ने बारेमा केही जानकारी प्रस्तुत गर्दछौ ।

१. नायिका नीशा अधिकारी र क्रिकेटर शरद भेष्वाकरलाई सबैभन्दा पहिला काठमाण्डौको बीग मुभिजमा देखिएको थियो । एकसाथ चलचित्र ‘फिटकिरी’ हेर्न पुगेपछि यी दुइ प्रेममा छन् भन्ने चर्चा सुरु भएको हो ।

२. निर्माता अर्जुन कुमारले आयोजना गरेको ‘क्रिकेटर सम्मान’ कार्यक्रममा नीशा र शरद पुगेका थिए । चलचित्र हेर्न हलमा पुगेको खबरका कारण उनीहरु मिडियाको निशानामा परेका थिए । तर, दुबैले एक अर्कासँग नजिक हुने प्रयास गरेनन् ।

३.यसपछि नायिका नीशा अधिकारीले आफ्नो प्रेम स्विकार गरिन् । उनले फेसबुकमार्फत शरदसँगको तस्बिर राख्दै प्रेम स्विकार गरेकी थिइन् ।

४. क्रिकेटर शक्ति गौचनका पिताको निधनमा अन्तिम श्रद्धाञ्जली दिन पुगेका क्रिकेटरहरुको भीडमा नीशा पनि देखिइन् । क्रिकेटरहरुले गौचनका पितालाई अन्तिम श्रद्धाञ्जली दिइरहँदा नीशा र शरद भने एउटा कुनामा बसेर गफिएका थिए ।

५.यसपछि नीशा र शरदलाई धेरै स्थानमा भेटिएको थियो । किर्तिपुर खेल मैदानमा आयोजना हुने क्रिकेट खेलमा नीशा शरदलाई हौसला दिन पुग्थिन् ।

६. चलचित्र ‘कुम्भकरण’को छायांकनका क्रममा नायिका नीशा अधिकारीले आफू अब सिंगल रहेको र शरद साथी मात्र रहेको बताइन् । यससँगै शरद र नीशाविच ब्रेकअप भएको चर्चा चल्यो ।

७. तर, चलचित्र ‘पोखराकी काली’को छायांकनका क्रममा नीशालाई भेट्न शरद चितवन पुगेपछि यी दुइविच प्याचअप भएको प्रष्ट भयो । नीशा र शरद एकसाथ काठमाण्डौ फर्किएपछि बिहेको चर्चा सुरु भएको थियो ।

यसरि, चलचित्र हलबाट सुरु भएको नीशा र शरदको प्रेम कहानी अब एउटा पाँच तारेमा शुक्रबार लगनगाँठोमा बदलिदैछ । नीशा र शरद एकसाथ जिन्दगीको गाडी अगाडि बढाउँदै गर्दा निकै खुशी देखिएका छन् । दुबैलाई हाम्रो तर्फबाट शुभकामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?