Comments Add Comment

दार्चुलाको अपिहिमाल गाउँपालिकामा एमाले विजयी

१६ असार, दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ ।

एमालेको तर्फबाट गाउँपालिका अध्यक्ष पदका उम्मेदवार धर्मानन्द मन्यालले १ हजार २ सय ४९ ल्याउँदै जित हात पारेका हुन् । यस्तै, उपाध्यक्ष पदमा पनि एमालेकै उर्मिला बोहोरा १ हजार ३ सय ३६ मतसहित विजयी भइन् ।

अध्यक्षका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका भगत ठेकरेले ९ सय ८८ मत ल्याएका छन् भने उपाध्यक्ष पदकी प्रत्यासी नेपाली कांग्रेसकी देवकी बोहोराले ९ सय १३ मत प्राप्त गरेको जिल्ला निर्वाचन अधिकारी तुल्सीराम पाण्डेले जानकारी दिए ।

त्यस्तै, नेपाली कांग्रेसका अध्यक्ष पदका उम्मेदवार लोकेन्द्रसिंह लोथ्यालले ९ सय २२ मत प्राप्त गर्नु भएको छ भने माओवादीका उपाध्यक्ष पदका उम्मेदवार दिलमाया लोथ्यालले ८०० मत प्राप्त गर्नु भएको छ ।

दार्चुलाका ९ वटा स्थानीय तहमध्ये एमालेले अपिहिमाल र लेकम गाउँपालिका गरी अहिलेसम्म २ वटा तह जितेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment