Comments Add Comment

एमालेको गढमा माओवादीले मार्‍यो बाजी

१७ असार, ओखलढुंगा । जिल्लाको चिसंखुगढी गाउँपालिकामा नेकपा माओवादी केन्द्रका निशान्त शर्मा विजयी भएका छन् । नेकपा एमालेको गढका रुपमा परिचित यो गाउँपालिकामा शर्माले तीन मतले एमालेका उम्मेदवारलाई पछि पारेका हुन् ।

शर्माले १९०६ मत ल्याएका थिए भने उनका निकटम् प्रतिद्वन्द्वी नेकपा एमालेका भीमबहादुर थापाले १९०३ मत ल्याएका छन् ।

उपप्रमुखमा भने एमालेकी सुष्मा राई विजयी भएकी छन् । राईले २०७३ मत ल्याएकी छन् । कांग्रेसकी खिला आलेले १९७९ मत ल्याइन् ।

गाउँपालिकाका वडा नं. १, २, र ५ मा माओवादी केन्द्रले जित हात पारेको छ भने वडा नं. ३ र ४ मा नेपाली कांग्रेस तथा ६, ७ र ८ मा एमालेले जित हात पारेको छ ।

यो गाउँपालिका नेकपा एमालेका सांसद हर्कबोल राई र सकुन्तला राजभण्डारीको क्षेत्र हो ।

ओखलढुंगाका आठ स्थानीय तहमध्ये चिसंखुगढी गाउँपालिकाको मात्र मत परिणाम सार्वजनिक भएको छ । अन्य तहको मतगणना धमाधम भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment