Comments Add Comment

डोटीका ९ स्थानीय तहका ५१ वडाको परिणाम सार्वजनिक

२५ मा कांग्रेस, २३ मा एमाले र ३ मा माअोवादी विजयी


१७ असार, डोटी । डोटी जिल्लाका ९ स्थानीय तहमा रहेका जम्मा ६५ वडाहरुमध्ये हालसम्म ५१ को परिणाम सार्वजनिक भएको छ ।

प्राप्त परिणाम अनुसार नेपाली कांग्रेसले २५ वडामा बिजयी प्राप्त गरेर पहिलोस्थानमा रहेको छ ।

एमालेले २३ वडाहरुमा जितेको छ । माओवादी केन्द्रले ३ वडाहरु जित हात पारेको छ ।

कांग्रेसले के आई सिंहमा एकलौटी जित हात पारेको छ । ७ वडा रहेको यस गाउँपालिकामा सदस्यहरु सहित ७ वटै वडाहरु कांग्रेसको पोल्टामा परे ।

यस्तै शिखर नगरपालिकामा पाँच, दिपायल सिलगढी नगरपालिकामा तीन, पूर्वीचौकी गाउँपालिकामा चार, बोगटान गाउँपालिकामा एक, बडीकेदार गाउँपालिकामा तीन र जोरायल गाउँपालिकामा दुई वडाहरु जितेको छ ।

नेकपा एमालले दिपायल सिलगढी नगरपालिका तीन, शिखर नगरपालिका दुई, आदर्श गाउँपालिका चार, सायल गाउँपालिका चार, पूर्वीचौकी गाउँपालिका तीन, बोगटान गाउँपालिका तीन, बडीकेदार गाउँपालिका दुई र जोरायल गाउँपालिका दुई गरी २३ वडामा जित हात पारेको छ ।

माओवादी केन्द्रले बोगटान गाउँपालिकाका तीन वडाहरुमा जित हात पारेको छ । अव गणना हुन बाँकी १४ वडाहरुमा कांग्रेस एमालेको मिश्रति परिणाम आउने देखिएको छ ।

९ स्थानीय तहमध्ये हालसम्म ४ स्थानीय तहको परिणाम घोषणा हुँदा कांगे्रस २, एमाले १ र माओवादी केन्द्र १ स्थानमा विजयी भएका छन ।
मतगणनाको पछिल्लो रुझान अनुसार दिपायल सिलगढी नगरपालिका, आदर्श गाउँपालिका र सायल गाउँपालिकामा एमालेले अग्रता कायम गरेको छ भने शिखर नगरपालिका र जोरायल गाउँपालिकामा कांग्रेसको अग्रता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment