+
+

बाजुराको त्रिवेणी नगरपालिकामा कांग्रेस विजयी

अनलाइनखबर अनलाइनखबर
२०७४ असार १७ गते १०:४९

१७ असार, बाजुरा । बाजुराको त्रिबेणी नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।

नेपाली कांग्रेसका रामसिंह रावलले ३३६५ मतका साथ मेयरमा विजयी भएका छन् । यस्तै उपमेयरमा पनि कांग्रेसकै राधिका सुनार विजयी भएकी छन् । उनले ३३९२ मत ल्याइन ।

मेयर रावलका प्रतिद्वन्द्वी एमालेका जंग बुढाले २१९४ मत प्राप्त गरेका छन् भने उपमेयरका प्रतिस्पर्धी एमालेकी पार्वती विष्टले २१६४ मत प्राप्त गरिन् ।

रमित बि.क बाट 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?