Comments Add Comment

श्रृष्टीको दाहिने हातको नाडीमा गम्भिर चोट, शनिबार गरियो अप्रेशन


नायिका श्रृष्टी श्रेष्ठको दाहिने हातको नाडीमा गहिरो चोट लागेपछि नर्भिक अस्पतालमा भर्ना गरिएको छ । अनलाइनखबरलाई प्राप्त खबर अनुसार शनिबार दिउँसो पौन ४ बजे श्रृष्टीलाई अचेत अवस्थामा अस्पताल पुर्‍याइएको थियो । उनको अस्पताल पुर्‍याएलगतै अप्रेशन गरिएको थियो ।

अप्रेशन पश्चात रातको ११ बजे डिलक्स वार्डमा सारिएको थियो । श्रृष्टीलाई आज डिस्चार्ज गरिने अस्पताल श्रोतले अनलाइनखबरलाई बताएको छ ।

नायिका श्रृष्टी श्रेष्ठको नाडीमा गहिरो घाउ के कारणले लाग्यो भन्ने खुलेको छैन । उनको डाक्टर ज्योती रायमाझीले अप्रेशन गरेका थिए । नायिका श्रृष्टी श्रेष्ठ अहिले दुर्गिस फिल्मस्को ब्यानरमा निर्माण भैरहेको चलचित्र ‘लाउरे’को छायांकनमा व्यस्त थिइन् ।

यसैविच, श्रृष्टी श्रेष्ठका प्रेमी तथा नायक सौगात मल्लले आइतबार बिहान ‘लाउरे’ चलचित्रको निर्माणपक्षलाई फोन गर्दै श्रृष्टीलाई १५ दिनको आराम चाहिएको भन्दै छायांकनबाट छुट्टी दिन आग्रह गरेका थिए । श्रृष्टीको दराज लडेर हात भाच्चिएको भन्दै १५ दिन छुट्टी दिन उनले आग्रह गरेको वुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment