Comments Add Comment

चिकित्सकहरु तनावमाः अधिकांशलाई मधुमेह र उच्च रक्तचाप

रोगीको उपचारमा खटिने चिकित्सक नै तनावग्रस्त  ?

हो, अध्ययनले यसै भन्छ । प्रसंग छिमेकी भारतको हो । भारतमा झण्डै ८४.२ प्रतिशत चिकित्सक तनावमा रहने गरेको एक सर्वेक्षणले देखाएको छ ।उनीहरुमध्य अधिकांशलाई मधुमेह तथा रक्तचापको समस्या भएको पाइएको थियो।

इण्डियन मेडिकल एशोसिएन (आईएमए)ले गरेको उक्त सर्वेक्षण अनुसार धेरैजसो चिकित्सक आफ्ना कामलाई लिएर तनावमा रहने गरेको पाइएको छ ।

तनावमा रहनेमध्य ४३ प्रतिशत चिकित्सक हिंसाका कारण तनाव रहने गरेको पाइएको छ भने २४.२ प्रतिशत चिकित्सकलाई मुद्दामामिलाले सताउने डर तथा १३.७ प्रतिशत चिकित्सकलाई अपराधिक कि्रयाकलापका कारण मुद्दा चलाउनाले चिन्ता हुने गरेको पाइएको छ ।

चिकित्सा क्षेत्रमा विद्यमान कठिनाई, समस्या तथा चिकित्सकमाथि हुने हमला तथा अपराधिक घटनालाई लिएर सर्वेक्षण गरिएको थियो । मेडिकल प्रोफेसनमाझ गरिएको उक्त सर्वेक्षणमा ५६ प्रतिशत चिकित्सकहरुले तनावकै कारण हप्तामा कयौ दिन सात घण्टाको निद्रा समेत पुरा गर्न नपाएको बताएका थिए ।

सर्वेक्षण १५ दिन लगाएर गरिएको थियो । सर्वेक्षणमा निजी ओपिडी, नर्सिङ्ग हेाम्स, कर्पोरेट अस्पताल तथा सरकरी अस्पतालमा कार्यरत जनरल प्राक्टिसनर्स, शल्य चिकित्सक, स्त्री रोग विशेषज्ञ लगायतका १६८१ चिकित्सकले भाग लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment