+
+

धनकुटामा ८५ जनाको जमानत जफत

अनलाइनखबर अनलाइनखबर
२०७४ असार २० गते १६:४३

२० असार, धनकुटा । भर्खरै सम्पन्न भएको स्थानीय तहको चुनावमा १० प्रतिशत मत ल्याउन नसक्दा यहाँका ८५ जना उम्मेदवाहरुको जमानत जफत भएको छ ।

प्रमुख र उप-प्रमुखमा ५/५ वडा अध्यक्षमा १८, दलित महिला ७, महिला सदस्य १० सहित ४० जना खुला सदस्यहरुको जमानात जफत भएको निर्वाचन कार्यालय धनकुटाले जानकारी दिएको छ ।

जमानत जफत हुने प्रमुख उम्मेदारहरुमा,राप्रपाका बालानन्द भूर्तेल, नयाँ शक्ति पार्टी नेपालका गणेश पोखरेल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका ईन्ऽबहादुर रसाईली,राष्ट्रिय जनमोर्चाका कैलाशमान पौडेल र फोरम लोकतान्त्रिकका अमृत कुमारी राई रहेका छन् ।

त्यस्तै उप-प्रमुखमा राप्रपाका तारा कुमारी तामाङ्ग,संघीय फोरका सारकुमारी आठपहरीया,फोरम लोकतान्त्रिकका अम्बरबहादुर मल्ल ठकुरी,राष्ट्रिय जनमुक्ति पार्टीका शान्ता राई र स्वत्रन्त्रबाट उम्मेदवार दिएकी सावित्रा मायाँ बिश्वकर्मा रहेका छन् ।

वडा अध्यक्षहरुमा माओवादी केन्ऽ र राप्रपाका ५/५,फोरम लोकतान्त्रिकका ४,संघीय समाजवादी फोरमका २ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र जनमुक्तिका १/१ जना रहेका छन् ।

सदस्यहरुमा जमानत जफत हुनेहरुमा माओवादी केन्द्र र राप्रपाका १३/१३ जना,कांग्रेसका ४ जना,फोरम लोकतान्त्रिक,संघीय फोरम,संघीय समाजवादी फोरम नेपालका ३/३ जना र नयाँ शक्तिका १ जना रहेका छन् ।

दलित महिला सदस्यहरुमा राप्रपाका ४ र माओवादी केन्द्रका ३ को जमानत जफत भएको छ ।

महिला उम्मेवार तर्फ राप्रपाका ४,माओवादी केन्द्रका ३, संघीय फोरम, संघीय लोकतान्त्रिक मञ्च र नयाँ शक्ति पार्टीका १/१ जनाको जमानत जफत भएको छ ।

यहाँका ७ स्थानीय तहका ६० वडा भएकोमा ३ सय १४ पदका लागि १ हजार २६ जनाको उम्मेदवारी दिएका थिए । जसमा नेकपा एमालले १७ वडाध्यक्ष बाहेक अन्य सबै पदमा बिजयी भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?