+
+

अन्तर बैंक भुक्तानीमा ८५ प्रतिशतले शुल्क घट्यो

अनलाइनखबर अनलाइनखबर
२०७४ असार २१ गते १२:२१

२१ असार, काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)ले प्रदान गर्दै आएको अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली (एनसीएचएल आइपीएस) बाट हुने कारोबारमा बैंक वित्तीय संस्थाहरु तथा अन्य सदस्यहरुलाई लाग्ने कारोबार शुल्क घट्ने भएको छ ।

साउनदेखि नेपाली मुद्राको कारोबारमा सदस्यहरुले कारोबार शुल्क रकम सिमाको आधारमा रु. २ देखि रु. १५ सम्म तिरे पुग्ने भएको छ ।

विदेशी मुद्रा कारोबारमा कारोबार शुल्क रु. १५ रहेनछ । असारसम्म भने हाल कायम रहेको कारोबार शुल्क रु. २ देखि रु. १ सय नै रहनेछ ।
कम्पनीको नयाँ व्यवस्थाअनुसार नेपाली मुद्राको कारोबार सिमा रु ५सय सम्ममा २ रुपैयाँ शुल्क, ५ सय देखि ५ हजार सम्ममा ५ रुपैयाँ शुल्क, ५ हजारदेखि ५० हजारसम्ममा १० रुपैयाँ शुल्क र र ५० हजार भन्दामाथिको कारोबारमा १५ रुपैयाँ शुल्क लाग्ने व्यवस्था गरिएको छ ।

बैंक तथा वित्तीय संस्थाको आन्तरिक व्यवस्था अनुसार ग्राहकलाई तोकिने शुल्क भने फरक पर्ने भएकोले ग्राहकहरुलाई बैंकमा नै सम्पर्क राख्न एनसीएचएलले उल्लेख गरेको छ ।

एनसीएचएल आइपीएसमार्फत ग्राहकको रकम ट्रान्सफर, रेमिट्यान्स, तलबभत्ता, लाभांश, आइपीओ रिफन्ड, शुल्क रकम , बिमा, किस्ता भुक्तानी, सरकारी भुक्तानी, क्रेडिटकार्ड बिल भुक्तानीजस्ता काम ७७ भन्दाबढी सदस्यहरु मार्फत गर्न सकिन्छ ।

कारोबार शुल्क परिमार्जनले बैंक खाताबाट सिधै भुक्तानी कारोबार गर्न सहज हुने र यसको पहुँच समेत वृद्धि हुने कम्पनीले विश्वास लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?