Comments Add Comment

हनिमुनलाई कसरी रोमाञ्चक र स्मरणिय बनाउने ? यस्तो छ काइदा


बिवाहको ह्याङओभरलाई  कसरी हटाउने ?  दाम्पत्य जीवनको प्रारम्भ कसरी गर्ने ?

उत्तम विकल्प हो, हनिमुन ।

नवविवाहित जोडीले यतिबेला हनिमुन को योजना बनाएका हुनसक्छन् । हनिमुनले उनीहरुलाई आपसमा भावनात्मक रुपले जोड्ने काम मात्र गर्दैन, एकअर्काको आनीवानी बुझ्ने मौका पनि दिन्छ । यहि बेला हो, पार्टनरको रुची, इच्छा, बानी सबैकुरा बुझ्ने ।

हनिमुनमा विताएका क्षणले दम्पतीलाई जीवनभर रोमाञ्चित  बनाइरहन्छ । त्यसैले हनिमुनमा निस्कनुअघि त्यस्तो तयारी गरौ, जसले गर्दा तपाईको यो विशेष क्षण खल्लो नहोस् ।

गन्तव्य छनौट 

हनिमुन का लागि उपयुक्त गन्तव्य कहाँ हुनसक्छ, दुबैको सहमतिमा स्थान तय गर्नुहोस् । यसमा एकलौटी सोंच वा योजना लाद्नु हुँदैन । पार्टनरको रुची र भावनालाई पनि समेट्नुपर्छ । अतः यस्तो स्थान उपयोगी हुनसक्छ, जहाँ उन्मुक्त रमाउन सकिन्छ । कुनै भय, लाज हुँदैन ।
उक्त स्थानको हावापानीबारे जानकारी लिनुहोस् । त्यहाँ खान, वस्न कस्तो व्यवस्था छ ? महंगो वा सस्तो के छ ? सबै कुरा बुझ्नुहोस् ।

यातायातको व्यवस्था

उक्त स्थानमा जानका लागि कस्तो सवारी साधन उपयुक्त हुन्छ ? छनौट गर्नुहोस् । के पनि भनिन्छ भने, रमाइलो गन्तव्यमा होइन, यात्रामा हुन्छ । तपाईहरुले यात्राको पनि भरपुर आनन्द उठाउन सक्नुहुनेछ । त्यसैले त्यो यात्रा सुरक्षित, भरपर्दो, आरमदायक, व्यवस्थित हुनुपर्छ, जसले यात्रा अवधीभर रोमाञ्चक अनुभव दिलाओस् ।

विशेष समय दिनुहोस्

हनिमुनमा जाँदै हुनुहुन्छ तर, मन-मस्तिष्कभरी घरायसी तनाव बोक्नुहुन्छ भने तपाईले अनिमुन को अनुभव राम्ररी लिन सक्नुहुन्न । हनिमुन अवधीमा आर्थिक लेनदेनका कुरा, पारिवारिक कुरा, करियरका कुरालाई तगारोको रुपमा अगाडि ल्याउनु हुँदैन । यसलाई जीवनको विशेष समयको रुपमा सदुपयोग गर्नुहोस्, ताकि पछि कुनै गुनासो नरहोस् । आफ्ना पार्टनरलाई कसरी रोमाञ्चक अनुभव गराउने भन्ने कुरामा बढी केन्दि्रत हुनुहोस् ।

अनुकुल वातावरण

धेरै भिडभाड हुने वा कुनै उत्सव, मेला आयोजना भएको स्थान तपाईहको निम्ति अनुकुल हुँदैन । यसले ध्यान अन्यत्रै मोड्छ । यस्तो स्थान होस्, जहाँ कुनै अवरोध अनुभव गर्न नपरोस् । हरेक हिसावले आफुहरुलाई अनुकुल हुने स्थान छनौट गर्नुहोस् । हावापानी सन्तुलित होस् । चर्को गर्मी वा दर्के झरी झेल्नु नपरोस् ।

अन्य टिप्स

– हनिमुनका लागि आवश्यक बजेट तय गर्नुहोस् । यद्यपी धेरै पैसा बोक्नु हुन्न । खर्चको व्यवस्था एटिएम वा वैंकिङ प्रणालीबाट गरौं ।

– हनिमुनमा जानुअघि मेडिकल किट, औषधी, मलम आदि बोक्नुहोस् । यदि कुनै औषधी सेवन गरिरहनुभएको छ भने पुग्दो औषधी बोक्नुहोस् ।

– अनुकुल पहिरनको पनि जोहो गरौं । सकेसम्म महंगा गहनाहरु नबोकौ । यात्रामा कुनै कुरा सम्हाल्नु नपरोस् ।
– क्यामेरा लगायतका आवश्यक सामग्रीहरु जोहो गरौ ।

– हनिमुनमा खर्च वा कुनै समस्या परेको अवस्थामा के गर्ने भन्ने कुराको टुंगो पनि यात्रा सुरु गर्नुअघि नै टुंगो गरौ ।

– हनिमुनलाई कसरी रोमाञ्चक, स्मरणिय बनाउने भन्ने कुरामा छलफ गरौ । इन्टरनेटबाट पनि केहि आइडिया लिन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment