Comments Add Comment

मोरङको जहदामा जितेर संघीय फोरम बन्यो चौथो ठूलो दल

२१ असार, बिराटनगर । मोरङको जहदा गाउँपालिकामा विजय हासिल गरेर संघीय समाजवादी फोरम स्थानीय तहको चुनावमा चौंथो ठूलो दल बनेको छ ।

जहदा गाउँपालिका अध्यक्षमा फोरमका कैलाश मण्डल ५००८ मतका साथ वजियी भएका छन् । उपाध्यक्षमा पनि फोरमकै सालोदेवी साह बिजयी भएकी छन् ।

फोरमले यो समेत ७ स्थानीय तह जितेर चौंथो स्थान सुरक्षित गरेको हो । मतगणना जारी रहेकामध्ये एउटा स्थानीय तहमा फोरमको अग्रता छ ।

२ नम्बर प्रदेशको चुनाव बाँकी रहेपनि अहिलेसम्मको चुनावमा संघीय फोरम चाैंथो शक्तिका रूपमा देखिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment