Comments Add Comment

‘राजपा’का नेता बने लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयर

२२ असार, भैरहवा । विश्वसम्पदा सूचिमा सूचिकृत लुम्बिनी सांस्कृतिक नगरपालिकामा ‘राजपा’का उम्मेदवार (शंख चुनाव चिन्ह) विजयी भएका छन् ।

स्वतन्त्र उम्मेदवारी दिएका ‘राजपा’का मनमोहन चौधरी (कन्हैयाबावु) ले ८ हजार १७५ मत प्राप्त गरी विजयी भएका हुन् ।

उनका निकटम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका फकरुद्दिन खाँले ७ हजार ३९ मत प्राप्त गरेका छन् ।

स्वतन्त्रबाट विजयी हुने उनी राजपा रूपन्देहीका अध्यक्ष मण्डलका अध्यक्ष समेत हुन् ।

उपमेयरमा भने संघीय फोरमका जानकीदेवी श्रीवास्तवले ४ हजार ७२० मतका साथ विजयी भएकी छन् । प्रतिद्वन्द्वी कांग्रेसकी रमावती यादवले ४ हजार ५८८ मत प्राप्त गरेकी छन् ।

लुम्बिनी सांस्कृतिक नगर रुपन्देहीको बुटवल र सिद्धार्थनगर नगरपालिका पछिको मुख्य नगरी समेत हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment