Comments Add Comment

बलिउड फिल्मको पहिलो किसः ८४ वर्ष पुरानो, चार मिनेट लामो

बलिउड फिल्महरुमा रोमान्स एउटा अनिवार्य तत्वको रुपमा रहँदै आएको छ । रोमान्सका लागि सबैभन्दा बढि प्रयोग हुने अष्त्र हो, किस ।

हिरो र हिरोइनबीच किस सिन नभएका फिल्म बलिउडमा बिरलै बन्छन् । तर, के तपाईंलाई थाहा छ, बलिउड फिल्ममा सबैभन्दा पहिले किस सिन कति वर्ष अगाडि खिचिएको थियो ?

इतिहास कोट्याउँदै जाँदा ८४ वर्ष पछाडि पुगिन्छ । अभिनेत्री देविका रानीको नाममा पहिलो किसको रेकर्ड छ । १९३३ मा आएको फिल्म ‘कर्मा’ मा देविका र हिमांशू रायबीच पहिलो किस सिन खिचिएको थियो । यो सिन चार मिनेट लामो थियो ।

यद्यपि, यो दृष्य फरक खालको थियो । बेहोश अवस्थामा रहेका हिरोलाई होशमा ल्याउन हिरोइनले सो किस गरेकी थिइन् । हिमांशु र देविका वास्तविक जीवनमा पति-पत्नी भएकाले उनीहरुलाई यो दृष्य दिन कुनै गाह्रो परेन । तैपनि तत्कालिन समयमा यो किसलाई निकै बोल्ड मानिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment